नेपाल रेडक्रस सोसाइटी उप शाखा कागेश्वरी मनोहराको आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न

नेपाल रेडक्रस सोसाइटी उप शाखा कागेश्वरी मनोहराको आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाडौँ, भाद्र १४ ।कागेश्वरी मनोहरा नगरपालिकामा आकस्मिक रक्तदान सम्पन्न भएको छ। कोरोना महामारीको कारण सरकारले गरेको निषेधाज्ञाको कारण रक्त संचार केन्द्रमा भएको रगत अभाबलाइ परिपूर्ति गर्न सहयोग पुगोस भनेर शनिबार बिहान नेपाल रेडक्रस सोसाइटी उप शाखा कागेश्वरी मनोहराको आयोजना तथा कागेश्वरी मनोहरा नगरपालिकाको संयोजनमा  भएको सो रक्तदान कार्यक्रममा  ७० जनाले नाम दर्ता गरे पनि स्वास्थ्य लगायत बिबिध कारणले गर्दा ६२ जनाले मात्र  रक्तदान गरेको कार्यक्रम संयोजक लक्ष्मी प्रसाद कुइकेलले जानकारी गराए  ।

 कागेश्वरी मनोहरा नगरपालिका वडा नं ५ स्थित राम कृष्ण मन्दिर आवश्यक सुरक्षा मापदण्ड अपनाएर गरिएको  सो रक्तदान कार्यक्रममा नगरपालिका प्रमुख कृष्णहरि थापा लगायतको उपस्थिति रहेको थियो।कोरोना प्रकोपका कारण उपचार र अस्पतालमा रहेका व्यक्तिहरुलाई आवस्यक पर्ने  रगतको अभाव पूर्ति गर्नका लागि रक्तदान गर्न आव्हान गरिएको जानकारी गराउदै कार्यक्रम संयोजक लक्ष्मी प्रसाद कुइकेलले अहिलेको विषम परिस्थितिमा आपतकालीन मनवीय सेवाका रुपमा  रक्तदान गर्ने सबैलाई धन्यवाद दिएका छन्।

तपाइँको प्रतिक्रिया ।