बुढानीलकण्ठ नगरपालिकामा सनिवार १३ जना कोरोना संक्रमित थपिए
कपन अनलाइन
काठमाडौं ,भाद्र १३।
भाद्र १३ गते बुढानिलकण्ठ नगरपालिकामा १३ जना कोरोना संक्रमित थपिएका छन। बुढानीलकण्ठ नगरपालिकामा सबैभन्दा धेरै वडा नं. ११ मा ७ जना कोरोना संक्रमित थपिएका छन्।
जस अनुसार वडा नं ११ मा ५० बर्षिय पुरुष – २ जना, ३५ बर्षिय पुरुष -१ जना, २६ बर्षिय पुरुष – १ जना र २३ बर्षिय पुरुष -१ जना, २६ र १९ बर्षिय महिला – २ जना, वडा नं.१० मा ४० र २५ बर्षिय पुरुष – २ जना, वडा नं. १२ मा ३३ बर्षिय महिला – १ जना, वडा नं.९ मा २१ बर्षिय महिला – १ जना, वडा नं. ७ मा ७७ बर्षिय महिला – १ जना र वडा नं. २ मा २४ बर्षिय महिला – १ जना गरि १३ जनामा कोरोना संक्रमण रहेको पुष्टि भएको छ। जसमा ६ जना महिला र ७ जना पुरुष रहेका छन्।
तपाइँको प्रतिक्रिया ।