गोकर्णेश्वर नगरपालिकाका कुन वडामा कति संक्रमित ?

कपन अनलाइन

काठमाडौं ,भाद्र ११ ।
गोकर्णेश्वर नगरपालिका भित्र बिगत ४८ घण्टामा कोरोना संक्रमित २८ जना थपिएका छन् । ‍भाद्र ९ गते कुल संक्रमित ७० जना रहेको नगरपालिकामा भाद्र ११ गते सम्म आइपुग्दा संक्रमित संख्या ९८ रहेको नगरपालिकाको स्वास्थ्य साखाले बताएको छ । यो संगै हाल नगरपालिकामा कुल संक्रमित ९८ र सक्रिय संक्रमित ६१ जना रहेका छन् । वडागत हिसाब मा हेर्ने हो भने सबैभन्दा धेरै संक्रमित वडा नम्बर ५ र ६ मा रहेका छन् । यिनीहरु कोहि अस्पतालको आइसोलेसनामा र कोहि घरमै सुरक्षित रुपमा बसेका छन् । वडा नम्बर ३ मा भने हालसम्म संक्रमित देखिएको छैन ।

वडागत रुपमा संक्रमित संख्या :
वडा नम्बर १ मा २ पुरुष १ महिला
वडा नम्बर २ मा १ पुरुष ३ महिला
वडा नम्बर ३ मा हालसम्म संक्रमित देखिएको छैन
वडा नम्बर ४ मा १० पुरुष ५ महिला
वडा नम्बर ५ मा २२ पुरुष ११ महिला
वडा नम्बर ६ मा १९ पुरुष ६ महिला
वडा नम्बर ७ मा ३ पुरुष २ महिला
वडा नम्बर ८ मा ५ पुरुष ६ महिला
वडा नम्बर ९ मा ० पुरुष २ महिला

यसरि नगरपालिका भरि भाद्र ११ गते सम्म ६२ पुरुष र ३६ महिला गरि कुल ९८ जना संक्रमित रहेका छन् ।
हालसम्म नगरपालिकामा एकजनामा मृत्यु पछी कोरोना संक्रमण देखिएको घटना बाहेक अहिले सम्म कसैले कोरोनाको कारण मृत्यु बरण गर्न परेको छैन ।

तपाइँको प्रतिक्रिया ।