नेकपा बुढानिलकण्ठले प्रत्येक वडामा स्वयंसेवक परिचालन गर्ने

नेकपा बुढानिलकण्ठले प्रत्येक वडामा स्वयंसेवक परिचालन गर्ने

कपन अनलाइन

काठमाडौं ,भाद्र ११ ।

नेकपा बुढानिलकण्ठले प्रत्येक वडामा स्वयंसेवक परिचालन गर्ने भएको छ। कोरोना प्रकोप नियन्त्रण र रोकथामको अभियानमा रहेको बुढानिलकण्ठ नगरपालिकालाई सहयोग प्रदान गर्नका लागि स्वयंसेवक परिचालन गर्न लागिएको हो।

कोरोना प्रकोप नियन्त्रण र रोकथाम अभियानमा आपतकालीन सेवा,आइसोलेसन व्यवस्थापन र सचेतना जस्ता कार्यहरुमा स्वास्थ्य कर्मी ,जनप्रतिनिधि र सुरक्षाकर्मीहरुलाई सहयोग पुर्याउनका लागि सहयोग समुह निर्माण गर्न लागिएको नेकपा बुढानिलकण्ठका अध्यक्ष रबिन अधिकारीले बताएका छन।

दैनिक रुपमा संक्रमितको शंख्या बढ्दै गएको अवस्थामा सुचना संकलन,जनचेतना र अन्य सेवा प्रदान गर्न प्रत्येक वडामा आफ्ना पार्टीका स्वयंसेवक परिचालन गर्ने बताउदै अध्यक्ष अधिकारीले सो समुह नगरपालिकाको सहयोगी समुहका रुपमा रहने बताएका छन।

बुढानिलकण्ठ  नगरपालिकाका १३ वटै वडाका स्वयंसेवकहरुको नामावली संकलन भैरहेको जानकारी दिदै नेकपा बुढानिलकण्ठका सचिव प्रदिप डंगोलले चाडै ति स्वयंसेवकहरुलाई आइसोलेसन केन्द्र व्यवस्थापन , प्रचार प्रसार र कन्ट्रयाक्ट ट्रेसिंग सहित आपतकालीन सेवाका कार्यमा परिचालन गर्ने बताएका छन।

 

तपाइँको प्रतिक्रिया ।