Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2020/08/mukhy-.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

कोरोना विरुद्ध सचेतना जगाउन शिक्षकहरुलाई परिचलान गरौ : विद्यासुन्दर शाक्य

कपन अनलाइन 

काठमाडौं ,भाद्र ९।

काठमाडौं महानगरपालिकाका प्रमुख बिध्या सुन्दर शाक्यले कोरोना प्रकोप विरुद्ध सचेतना तथा शिक्षाका लागि शिक्षकहरुलाई परिचालन गर्नुपर्ने  बताएका छन।काठमाडौंको जमल स्थित होटल यल्लो प्यागोडामा आयोजना भएको छलफल कार्यक्रममा प्रमुख शाक्यले यो धारणा राखेका हुन्।

कोरोना विरुद्ध सचेतना जगाउने र जनताको स्तरमा पुगेर यसका बारेमा रहेका भ्रम चिर्न परिवर्तनका संवाहक मानिने शिक्षकहरु सबैभन्दा उपयुक्त पात्र रहेकोले त्यस वारेमा सोच्न प्रमुख शाक्यले नेपाल सरकारका स्वास्थ्य मन्त्रि तथा बागमती प्रदेसका मुख्यमन्त्री डोरमणि पौडेल संग आग्रह गरेका थिए।

व्यापक जनसम्पर्क,योग्यता र विषय बस्तु बुझाउने कला र शिप सम्पन्न शिक्षकहरुलाई विद्यालय बन्द रहेको अवस्थामा परिचालन गर्न सके हाल रहेको स्वयंसेवक परिचालनको अव्यवस्थित प्रणाली र अनियन्त्रित खर्च नियन्त्रण गर्न निकै सहयोग पुग्ने बताउदै प्रमुख शाक्यले स्थानीय तहका प्रत्येक वडामा कम्तिमा ५ जना शिक्षक परिचालन गर्नुपर्ने धारणा राखेका थिए।

काठमाडौं उपत्यकामा आइसोलेसन केन्द्र स्थापनाका लागि बागमती प्रदेसका मुख्यमन्त्री डोरमणि पौडेलको संयोजनमा भएको सो छलफल कार्यक्रममा नेपाल सरकारका स्वास्थ्यमन्त्रि भानुभक्त ढकाल , नेकपा केन्द्रीय  सदस्य तथा  काठमाडौं क्षेत्र नं ९ का प्रतिनिधि सभा सदस्य  कृष्ण गोपाल श्रेष्ठ ,नेकपा काठमाडौं अध्यक्ष  तथा काठमाडौं क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य कृष्ण राई ,नेकपा केन्द्रीय  सदस्य तथा  काठमाडौं क्षेत्र नं ८ का प्रतिनिधि सभा सदस्य जीवनराम श्रेष्ठ , त्रिभुवन विश्व विद्यालयका उपकुलपति डा. धर्मकान्त बास्कोटा, काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्य ,बागमती प्रदेसका प्रदेस सभा सदस्य दिपक निरौला , नेकपा ललितपुरका अध्यक्ष हरिकृष्ण व्यंजनकार, नेकपा भक्तपुरका अध्यक्ष बचन देउजा  ,स्वास्थ्य मन्त्रालयका सल्लाहकार डा. खेम कार्की ,स्वास्थ्य व्यवसायी परिषदका रजिस्टार पुष्प खनाल ,काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वर मान डंगोल लगायतको उपस्थिति रहेको थियो।

 

 

तपाइँको प्रतिक्रिया ।