जुगल-३ गुम्बाको घट्टेखोला भासियो, बस्ति सारियो

जुगल-३ गुम्बाको घट्टेखोला भासियो, बस्ति सारियो

कपन अनलाइन

सिन्धुपाल्चोक , भाद्र २/दिपक विक्रम देउजा

जुगल गाउॅपालिका वडा नं ३ गुम्बाको बोल्दे बस्ती (धट्टेटोल र पुरानो स्कुल डाडा) हुदै बग्ने घट्टेखोला दविएको छ।
सो खोला करिब ५ सय मिटर जमिन मुनी धमिलो भएर निस्किएको गाउँपालिका अध्यक्ष होम नारायण श्रेष्ठले जानकारी दिएका छन ।
सो कारणले पहिरोको जोखिम बढाएको हुदा घट्टेटोलका ६० घरधुरी र पुरानो स्कुल डाडाका ५० सहित ११० घर परिवार बोल्दे स्कुल आसपासको सुरक्षित स्थानमा अस्थायी बसोबासको ब्यवस्थापन गरिएको छ।
आवस्यक सामाग्री व्यवस्थापन टुकी/केयर र बागमती प्रदेसका प्रदेससभा सदस्य सरेस नेपालको पहलमा प्राप्त त्रिपाल ११४ थान, डिग्निटि किट ९८ थान, हाईजिन किट ९८ थान र सेल्टर किट ९८ थान सो स्थान तर्फ पठाइएको श्रेष्ठले बताएका छन।

 

तपाइँको प्रतिक्रिया ।