चण्डेश्वरी-विष्णुमति बैकल्पिक सडक निर्माण हुने

चण्डेश्वरी-विष्णुमति बैकल्पिक सडक निर्माण हुने

कपन अनलाइन 

काठमाडौं ,भाद्र २/आरजु खडका

बुढानिलकण्ठ नगरपालिका वडा नं ४ स्थित चण्डेश्वरी देखि विष्णुमति सम्म सडक निर्माण हुने भएको छ । यस अघि निर्माणाधीन रहेको बुढानिलकण्ठ-चण्डेश्वरी जोड्ने सम्पदा मार्ग संगै चपली चोक वडा नं ४ हुदै चण्डेश्वरी सम्म बैकल्पिक सडकका रुपमा निर्माण हुन् लागेको सो सडकको  स्थलगत निरीक्षण गरिएको छ।

बागमती प्रदेस सरकार र बुढानिलकण्ठ नगरपालिकाले समपुरक बजेट अन्तर्गत निर्माण गरिने यस सडकका लागि १ करोड ९८ लाख रुपैया बजेट बिनियोजन गरिएको छ।

चण्डेश्वरी क्वाटोल हुँदै विष्णुमति  सम्मसडक विस्तार गरी ८ मिटर कायम गर्नका लागि बागमती प्रदेश सभा सदस्य दीपक निरौलाको संयोजनमा ,वडा नं ४ का अध्यक्ष राजु खड्का , प्राविधिक तथा स्थानीय सरोकार वालाहरुको भेलाले राजाराम खड्काको अध्यक्षतामा ९ सदस्यको ‘बाटो निर्माण सरोकार समिति ‘ गठन गरिएको छ।

सो भेलामा उपस्थित स्थानीयहरुले सडक ८ मिटर कायम गरेर  निर्माण हुनुपर्ने स्थानीयहरुको सुझाव रहेको उक्त भेलाले सडक निर्माणका लागि सर्वेक्षण शुरु गर्ने निर्णय गरेको थियो।

(आरजु खडका सुशासन र समृद्धिका लागि संचार अभियानकी प्रशिक्षार्थी पत्रकार हुन् )

 

 

 

तपाइँको प्रतिक्रिया ।