गोकर्णेश्वरमा कोरोना जोखिम न्यूनीकरणका लागि  स्वास्थ्य सुरक्षाका नियमहरु पालन गर्न नगर प्रमुख सन्तोष चालिसेको अनुरोध

गोकर्णेश्वरमा कोरोना जोखिम न्यूनीकरणका लागि  स्वास्थ्य सुरक्षाका नियमहरु पालन गर्न नगर प्रमुख सन्तोष चालिसेको अनुरोध

कपन अनलाइन

काठमाडौँ, भाद्र १ ।गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेले कोरोना भाइरस कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य  सुरक्षाका नियमहरु पालन गर्न नगरबासीहरुलाई अनुरोध गरेका छन । केहि दिन अघि मात्र शल्यक्रिया पश्चात  घरमा आराम गरिरहेका नगर प्रमुख सन्तोष चालिसेले काठमाडौं उपत्यकता लगायत गोकर्णेश्वर नगर क्षेत्र भित्र पनि संक्रमण बढिरहेको अवस्थामा कपन अनलाइन संग संक्षिप्त कुरा गर्दै नगरबासीहरुलाई  स्वास्थ्य  सुरक्षाका नियमहरु पालन गर्न  अनुरोध गरेका हुन् ।

सरकारले मात्रै कोरोना रोकथाम तथा नियन्त्रणका लागि काम गरेर नहुने बताउँदै सबै नागरिकहरु आफै सचेत र सजग हुन आवश्यक रहेको  बताए । उनले कोरोना जोखिम न्यूनीकरणका लागि विश्व स्वास्थ्य संगठनका साथै नेपाल सरकारले तोकेका स्वास्थ्य सुरक्षाका  मापदण्ड  सबैले आ आफ्नो ठाउ बाट पालना गर्न समेत नगर बासीलाइ अनुरोध गरेका हुन्  । उनले भौतिक दुरी कायम गर्न,मास्क लगाउन र अनावश्यक भेटघाट बन्द  गर्न समेत  अनुरोध गरेका हुन् ।

लकडाउन हट्दा अहिले धेरैले कोरोनाभाइरस समाप्त भएजस्तो गरी व्यवहार गरेको भन्दै “सबैले कोरोनाभाइरस लाग्न सक्छ” भन्ने सोचेर हिँड्नुपर्ने सुझाव दिएका छन् ।सामाजिक दूरी कायम गर्ने, बारम्बार हात धुने तथा स्यानिटाइजरको प्रयोग गर्ने, मास्क लगाउनेजस्ता कुरामा झन् धेरै ध्यान दिनुपर्छ,”  प्रमुख चालिसे भन्छन्, “लकडाउन खुले पनि आवश्यक नपर्दासम्म घरबाट बाहिर ननिस्कनु नै उत्तम हुन्छ।”

जोखिम बढे संगै अब नागरिकहरूले पहिले भन्दा पनि बढी सतर्क हुने र कुनै पनि लक्षण देखिनेबित्तिकै नजिकैको स्वास्थ्य संस्थामा गइहाल्ने अवस्था आएको  उनि बताउछन ।अहिले कतिपय व्यक्तिहरूले ‘म त युवा उमेरको छु त्यसैले केही हुँदैन’ भन्ने जस्तो व्यवहार देखाएको देखिएको छ।”तर त्यही व्यक्तिको घरमा वृद्धवृद्धा वा दीर्घरोगीहरू हुनसक्छन्। उसको सम्पर्कमा पनि त्यस्ता व्यक्ति पुग्नसक्छन्। त्यसैले सबैले ‘मलाइ केही नभए पनि अरूलाई हुनसक्छ’ भन्ने सोचिदिनुपर्छ,” नगर प्रमुख  चालिसेले भने ।उनले आफ्नो स्वास्थ्य अवस्था सुधारउन्मुख रहेको जानकारी दिदै स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धन्यवाद सहित चाडैनै नियमित काममा फर्कने समेत बताएका छन् ।

भिडियो सौजन्य : बिनित राज अर्याल

https://www.facebook.com/makalbaritolesudhar.samiti/videos/760931134655546/?t=15

तपाइँको प्रतिक्रिया ।