टोखा नगरपालिका वडा नं ७ मा अत्यावस्यक बाहेकका सेवा बन्द,जमघट गर्न निषेध

टोखा नगरपालिका वडा नं ७ मा अत्यावस्यक बाहेकका सेवा बन्द,जमघट गर्न निषेध

कपन अनलाइन

काठमाडौं ,भाद्र १ /जय न्यौपाने

टोखा नगरपालिका वडा नं.७ ले साउन २८ गतेदेखि २१ दिनसम्म वडा भित्र  अत्यावश्यक सेवा बाहेकका अन्य गतिविधि तथा कुनैपनि क्रियाकलाप गर्न निषेध गरेको छ।

टोखा नगरपालिका वडा नं ७ का अध्यक्ष नरोत्तम रानाले जारि गरेको सूचनामा कोभिड-१९ समुदायमा थप संक्रमण  फैलिन नदिन विभिन्न गतीविधि निषेध गरिएको उल्लेख छ।

वडा भित्र गर्न नपाइने गतिविधिहरू:

– खुल्ला स्थानमा मानिसहरू भेला जम्मा हुन,भिडभाड गर्न र सभाजुलुस गर्न।

– भिडभाड हुने गतिविधि जस्तै जात्रा र महोत्सव गर्न।

– उद्योग व्यापार/व्यवसाय अन्तर्गतका स्वास्थ्य मापदण्ड विपरीतका क्रियाकलापहरू गर्न।

– चाडपर्व लगायतका धार्मिक सांस्कृतिक कार्यका लागि हुने जमघटहरू ।

– शैक्षिक संस्थाहरू संचालन गर्न

– सबै प्रकारका सभा, गोष्ठी, तालिम, सिनेमा हल, पार्टी प्यालेस,मनोरञ्जन,शैलून,ब्यूटी पार्लर,स्पा,स्वीमिङ्ग पुल,जिमखाना ,समूहमा खेलिने खेल,पुस्तकालय,संग्राहलय,चिडियाखाना संचालन गर्न।

– फुटपाथ,खुल्ला ठाउँ र ठेलागाडा ,साइकलमा संचालन हुने विभिन्न व्यवसाय,कवाडी संकलन गर्न।

– उद्योग व्यवसाय संचालनका लागि स्वास्थ्य मापदण्ड विपरीत श्रमिक कामदारको ओसार पसार गर्न।

– टेक वे बाहेक होटल/रेस्टुराँ संचालन गर्न नपाइने।

वडाले उपलव्ध गराउने सेवाहरु :

१.विपद व्यवस्थापन तथा कोरोना नियन्त्रण कार्य

२.आपतकालीन सेवा

सुचना :


कोरोना संक्रमण बढ्दै गएको अवस्थामा सचेतना र सजगता आवस्यक रहेको भन्दै वडा अध्यक्ष रानाले सानो लापर्वाहिले ठुलो विपत्ति निम्त्याउने भन्दै सुरक्षा मापदण्डको पालना गर्न अपिल गरेका छन।
(जय न्यौपाने सुशासन र समृद्धिका लागि संचार अभियानका प्रशिक्षार्थी पत्रकार हुन् )

 

तपाइँको प्रतिक्रिया ।