केहि दिनका लागि गोकर्णेश्वर नगरपालिका वडा नं ९ को कार्यालय बन्द रहने : वडा अध्यक्ष राजिब थापा
कपन अनलाइन
काठमाडौँ, श्रावण २९ ।गोकर्णेश्वर नगरपालिका वडा नं ९ को हातेमालो क्षेत्रमा २५ बर्षीय एक युवतीमा कोरोना संक्रमण पुष्टी भए संगै सो व्यक्तिको सम्पर्कमा आएकाहरुको खोजी गरि कोरोना परिक्षण गरिने र परिक्षणको नतिजा नआए सम्मको लागि सो क्षेत्रलाई आज बिहान देखि सिल गरिएको वडा अध्यक्ष राजिब थापाले बताए।
उनले कोरोना संक्रमित भटिए पछि गोकर्णेश्वर नगरपालिका वडा नं ९ को वडा समिति र विपद व्यवस्थापनको आकस्मिक बैठकले सो क्षेत्र शिल गर्ने निर्णय गरे संगै आज बिहान बाट उक्त क्षेत्र शिल गरिएको थापाले जानकारी गराए। । उनले सिल गरिएको स्थानमा सर्वसाधारणहरुको आवत जावत पुर्ण रुपमा निषेधित गरिएको जानकारी गराउदै आज बाट नै कन्ट्याक्ट ट्रेसिंगको कार्य अघि बढाइएको हुँदा केहि दिनका लागि वडा कार्यलय बन्द रहने पनि उनले जानकारी गराए ।अत्यावश्यक कार्यको लागि फोन सम्पर्क गर्नुहुन समेत उनले अनुरोध गर्दै सो कार्य बाट पर्न गएको असुविधा प्रति वडा कार्यालय क्षमाप्रार्थी रहेको बताए ।उनले अत्यावश्यक काम भए निम्न ब्यक्तिलाइ सम्पर्क गर्न पनि अनुरोध गरेका छन।
राजिब थापा वडा अध्यक्ष ९८४१८८६२५२
सत्यभामा श्रेष्ठ वडा सदस्य ९८४१४४१०९६
पुरुषोत्तम थापा वडा सदस्य ९८४१५३५४७३
हरिकृष्ण कारंजित वडा सदस्य ९८४१४६१२५७
गमला कुमारी परियार वडा सदस्य ९८६०३४०१९३