प्रत्येक वर्ष हर्षोल्लासका साथ जगडोलमा मनाइने कृष्ण रथयात्रा मन्दिर मै सिमित
कपन अनलाइन
काठमाडौं श्रावण २८। प्रत्येक वर्ष कृष्ण जन्म अष्टमीको भोलि पल्ट बुढानिलकण्ठ नगरपालिका वडा नं ११ ,१३ र गोकर्णेश्वर नगरपालिका वडा नं ३ को सिमाना जगडोलमा मनाइने रथ जात्रालाइ सिमित रुपमा मात्र मनाइएको छ ।प्रत्येक वर्ष हर्षोल्लासका साथ गाउ परिक्रम गरिने गरेको कृष्ण रथ यात्रा कोरोना जोखिमका कारण मन्दिर पेरिसरमा सामाजिक दुरी कायम गरेर मनाइएको छ ।
जगडोल बासीले स्थानीय जात्राको रुपमा प्रत्येक वर्ष बाजागाजा भजन किर्तन सहित मनाउने गरेको कृष्ण जन्मअष्टमी पर्व र भोलिपल्टको रथ यात्रालाइ कोरोना जोखिमलाइ ख्याल गर्दै सिमित ब्यक्तिहरुले मन्दिर परिसरमा नै रथ परिक्रमा गराएर मनाएका छन ।
सो को लागि चामुण्डा सांस्कृतिक मञ्चको भेलाले १. कोरोना महामारीलाई मध्यनजर गरि नियमित हुँदै आएको रथारोहण जात्रा मन्दिर परिसरमा मात्र घुमाएर मनाईने निर्णय गरेको थियो भने जन्माष्टमीको दिन सामाजिक दुरि कायम गरि पुजा गर्ने ब्यबस्था मिलाइने सो को लागि स्वयमसेवक खटाइने, निर्णय गरिएको थियो। त्यसै गरि पुजामा आउने सबै भक्तजनलाई मास्क अनिवार्य गरिनेछ साथै सेनिटाइजरको ब्यबस्था गरिने, भजन जमघट लगायतका सामुहिक गतिविधि नगर्ने छ ।जन्माष्टमीको दिन साझमा बत्ती जगाउने आउने भक्तजनको लागि संक्रमण सुरक्षाको तरिका अपनाई तयार पारिएको प्रसाद बितरण गरिने ।
मन्दिरको सरसफाई तथा साजसज्जाको सामाग्रीहरु जुटाई मन्दिर क्षेत्र सिगारिने ।. यस वर्ष बाजागाजा र रथारोहण कार्यक्रम नहुने भएता पनि नियमित पुजा ब्यबस्थापन र साजसज्जाको लागि करिब रु २५०००/- लाग्ने अनुमान गरिएको , सो रकम संकलनको लागि स्थानिय ब्यक्ती तथा संस्थाहरु सँग आव्हान गरिने ।अहिलेको जटिल परिस्थितिलाई मध्यनजर गरि यस वर्ष रथारोहण स्थगित गरिएकोमा क्षमा याचना गर्दै सबै श्राद्दालु भक्तजनलाई सतर्कता पुर्बक मन्दिरमा नै उपस्थित भएर पुजा आरधना गर्न अनुरोध गर्ने निर्णय गरे अनुसारनै गरिएको जगडोलका स्थानीयले बताएका छन ।
फोटो : श्यामराजा गौतम