लायन्स क्लब अफ काठमाडौं जर्नी द्वारा बाच्छा बाच्छी संरक्षण केन्द्र गोठाटारमा खाद्यान्न सहयोग
कपन अनलाइन
काठमाडौं, श्रावण २६ लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं जर्नीले नेपालमा लायन्स क्लब खुलेको ५० वर्ष पुगेको अवसरमा परित्यक्त र दुर्घटनामा परेका गाई,गोरु, बाच्छा बाच्छी संरक्षण केन्द्र गोठाटारमा खाद्यान्न सहयोग गरेको छ।
लायन्स क्लब अफ काठमाडौं जर्नी स्थापना पश्चात क्लबले नेपालमा लायन्स क्लब स्थापना भएको ५० वर्ष पुगेको अवसर पारेर क्लबले सो कार्यक्रम आयोजना गरेको लायन्स क्लब अफ काठमाडौं जर्नीकि प्रेसिडेन्ट लायन रोजिना बिष्ट (रोज)ले जानकारी गराइन ।
उक्त कार्यक्रममा लायन्स क्ल बइन्टरनेसनल डिस्ट्रिक ३२५ ए१का डिस्ट्रिक गभर्नर लायन टंक बहादुर श्रेष्ठ,लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १का पुर्व गभर्नर एबम बर्तमान जी एस टि मल्टिपल डिस्ट्रिक कोर्डिनेटरलायन अनन्त प्रसाद भेटुवाल, मल्टीपलका हंगर रिलिफचिफ तथा पुर्व डिस्ट्रिक गभर्नर लायन लायन कुमारराज सुवेदी, डिस्ट्रिक सेकेन्ड भाइस डिस्ट्रिक गभर्नर लायन कर्मा गुरुङ , डिस्ट्रिक ट्राफिक अवेरनेस चिफ लायन मधुसुदन सिग्देल, जोन चियरपर्सन लायन देबेन्द्र थापा लायन्स क्लब अफ काठमाडौंकि प्रेसिडेन्ट लायन रोजिना बिष्ट (रोज) लगायत क्लबका पदाधिकारी सहित लायन्स लिडर तथा सदस्यहरुको उपस्थितिमा गाइको लागि २५० केजी सहित नुन ५० केजी सहयोग गरिएको थियो।
उक्त सामग्री असाहय बाच्छा बाच्छी संरक्षण केन्द्रका सामाजिक अभियन्ता उत्तम पुडासैनीलाइ हस्तान्तरण गरिएको थियो सामाजिक अभियन्ता उत्तम पुडासैनीले सोहि संरक्षण केन्द्रमा केहि दिन अघि मात्र गोकर्ण बाट उद्दार गरिएको गाइ र बाच्छाको स्वास्थ्य अवस्था समेत सुधार उन्मुख भएको जानकारी गराएका थिए। उनले सहयोगी मनहरुलाई धन्यवाद दिएका थिए ।
गाई पाल्नेले बाच्छी जन्मिए राख्ने, बाच्छा जन्मिए दुई तीन महिना नबित्दै सडक, मठमन्दिर एवं नदी किनारमा लगी छोड्ने क्रमलाइ रोक्नु पर्ने बताउदै अन्यत्रका गाई बाच्छा पनि जम्मा पारेर रातको समयमा छोड्ने क्रम बढेकोमा चिन्ता ब्यक्त गर्दैछोडिएको असहाय गाई बाच्छा शोक, भोक, प्यास र रोगले ग्रसित अवस्थामा भौँतारिएको अवस्था बाट संरक्षण केन्द्रमा ल्याईएको बताए ।प्राणीमाथि हुने अन्याय र अत्याचारले सीमा नाघ्दा स्थानीय सरकार र चेतनशील मानिस यसको ब्यवस्थापनमा सक्रिय हुनु जरुरी रहेको उनले बताए ।
फोटो : सरोज बस्नेत