बुढानिलकण्ठ नगरपालिकाका ६ जनामा कोरोना संक्रमण

बुढानिलकण्ठ नगरपालिकाका ६ जनामा कोरोना संक्रमण

कपन अनलाइन

काठमाडौं ,साउन २३।

साउन २३ गते सुक्रवार बुढानिलकण्ठ नगरपालिकाका ६ जनामा कोरोना संक्रमण देखिएको छ।बुढानिलकण्ठ नगरपालिका वडा नं १० का २ जना ,वडा नं ४ का १ जना र वडा नं ८ का ३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य शाखा बुढानिलकण्ठका प्रमुख कुमार दाहालले जानकारी दिएका छन।

कोरोना संक्रमण देखिएकामा वडा नं १० का  २९ र ३० वर्षीय पुरुष रहेका छन भने वडा नं ८ का २४ र ४७ वर्षीय महिला तथा ३७ वर्षीय पुरुष रहेका छन। त्यस्तै वडा नं ४ का ४३ वर्षीय पुरुमा कोरोना संक्रमण देखिएको छ।

संक्रमित हरुलाई विभिन्न अस्पतालको आइसोलेसनमा राखिएको जानकारी दिदै प्रमुख दाहालले सबै नगरवासीलाई उच्च सतर्कता अपनाउन तथा संवेदनशील भएर नियम पालना गर्नका लागि अपिल गरेका छन।

त्यस्तै केहि दिन अगाडी कन्ट्रयाक्ट ट्रेसिंग गरेर ५६ जनाको परीक्षण गरिएकोमा ५३ जनाको नतिजा नेगेटिभ आएको र ३ जनाको नतिजा आउन बाँकी रहेको जानकारी दिदै स्वास्थ्य शाखा प्रमुख दाहालले सुक्रवार संक्रमण देखिएका व्यक्तिहरुको कन्ट्याक्ट ट्रेसिंग गरिसकिएको र सोमवार स्वाब संकलन गरिने बताएका छन्।

दैनिक रुपमा संक्रमितको शंख्या बढ्दै गएपछी बुढानिलकण्ठ नगरपालिका कोरोना संक्रमणको उच्च जोखिममा परेको छ।बुढानिलकण्ठ नगरपालिकामा हाल सम्म ३१ जना आइसोलेसनमा रहेका छन।

 

 

तपाइँको प्रतिक्रिया ।