कागेश्वरी मनोहरा नगरपालिकामा विश्व स्तनपान दिवस बिषयक अन्तरक्रिया सम्पन्न

कागेश्वरी मनोहरा नगरपालिकामा विश्व स्तनपान दिवस  बिषयक अन्तरक्रिया  सम्पन्न

कपन अनलाइन

काठमाडौँ, श्रावण २३ ।कागेश्वरी मनोहरा नगरपालिकामा विश्व स्तनपान दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम  सम्पन्न भएको छ ।कागेश्वरी मनोहरा नगरपालिका डाँछीमा  नगर उपप्रमुख बिन्दु सिम्खडा पुडासैनीको अध्यक्षतामा सम्पन्न भएको  सो  कार्यक्रममा  उपप्रमुख पुडासैनीले नगरपालिका महिलाहरुको हक अधिकार सुनिश्चित गर्न प्रतिबद्ध रहेको बताउदै महिला र बालबालिकाको स्वास्थ्यलाई सबल बनाउन स्तनपानको महत्वपूर्ण भूमिका हुने बताइन ।नगरपालिकाले महिला, बालबालिका र जेष्ठ नागरिकको हक हितका लागि आवश्यक कार्य गरिरहेको उप प्रमुख बिन्दु सिम्खडा पुडासैनीको भनाई रहेको  थियो ।

स्तनपानले महिला र बालबालिकालाई स्वस्थ राख्न महत्वपूर्ण सहयोग पुर्याउने उपप्रमुख पुडासैनीले  बताइन ।कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिका स्वास्थ्य शाखाका प्रमुख कुमार डाँगीले स्तनपानको महत्वका बारेमा जानकारी गराएका थिए ।कार्यक्रममा स्तनपानको महत्व, स्तनपानबाट हुने फाइदा, स्तनपानबाट बालबालिकाको स्वास्थ्यमा पार्ने प्रभाव लगायत स्तनपानको समग्र अवस्थाका सम्बन्धमा छलफल भएको नगरपालिकाको स्वास्थ्य शाखाका अधिकृत लक्ष्मी कोइरालाले  जानकारी गराइन।

स्तनपान बालबालिकाको अधिकार भएकोले सबै बालबालिकालाई स्तनपान गराउनुपर्ने बताउदै नगरपालिकाको स्वास्थ्य शाखाका अधिकृत लक्ष्मी कोइरालाले बालबालिकालाई कुपोषणबाट जोगाउन स्तनपान आवश्यक भएको बताइन ।
कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाका विषयगत शाखाका प्रमुखहरुको उपस्थिति रहेको

तपाइँको प्रतिक्रिया ।