शंखरापुर नगरपालिका प्रमुख सुवर्ण श्रेष्ठ सहितको टोलि द्वारा पटापको पहिरो निरीक्षण
कपन अनलाइन
काठमाडौँ, श्रावण २२ । शंखरापुर नगरपालिकाका प्रमुख सुबर्ण श्रेष्ठ सहितको टोलि द्वारा आइतबार शंखरापुर नगरपालिका वडा नं. २ पटापका पहिरोको जोखिममा रहेका घररुको स्थलगत निरीक्षण गरेका छन। उप प्रमुख शुक्र लक्ष्मी श्रेष्ठको पनि सहभागिता रहेको निरीक्षण कार्यक्रममाअविरल बर्षाको कारण पहिरो जाँदा पटाप लामिछाने टोलमा रमेश लामिछाने , बिष्णु लामिछाने ,नबराज लामिछाने ,श्रीराम लामिछाने , दङाल टोलमा यदुनाथ दङाल,गोबिन्द दङालका जोखिममा रहेका घरहरुको पनि निरीक्षण गरेका थिए । उक्त स्थानमा स्विती तामाङ ,दिपक तामाङ ,गोबिन्द कार्की र बिष्णु बहादुर खत्रीका घरहरु पनि पहिरोको जोखिममा रहेका छन।
स्थलगत निरीक्षण को क्रममा क्रममा नगर प्रमुख श्रेष्ठले भिरालो भु बनोट र बाटो निर्माण भएका ठाउमा पहिरो गएको स्थानमा तत्कालको लागि पानी पस्न नदिन त्रिपाल वितरण गरेको जानकारी गराए।पहिरोले घर समेत खस्न सक्ने अबस्थामा रहेकोले सावधानी अपनाउन आग्रह गर्दै पहिरो गएको स्थानमा ग्याबिन वाल र जाली हाल्न नगरपालिकाले सहयोग गर्ने बताएका थिए ।
उनलेअब देखि नयाँ घर निर्माण गर्दा उक्त स्थानमा बनाउन उपयुक्त छ कि छैन भनेर प्राबिधिकले जाच गरेर मात्र बनाउनु पर्ने बताउदै नगर प्रमुख श्रेष्ठले बिकाश संग संगै बिनाश पनि आउने भएकोले प्राबिधिक मूल्याकंन बिना सडक खन्ने काम बन्द गर्नु पर्ने बताए ।
पानी पर्ना साथ पहिरोले घर लाने होकि भन्ने पिरले गर्दा रातभर जाग्राम बस्नु पर्ने पीडित यदुनाथ दङालले बताएका छन् ।नगर प्रमुख , उप प्रमुख वडा अध्यक्ष सहितले गाँउमा आएर जोखिकको निरीक्षण गर्दा खुशी लागेको बताउदै अब छिटो भन्दा छिटो पहिरो रोकथामका लागि सहयोग गर्न उनले आग्रह गरेका थिए ।घरमा बस्ने अबस्थामा नरहेका पीडित लाई तत्कालको लागि सहकारी भबनमा बस्ने ब्यबस्था मिलाएको २ नं. वडाका वडा अध्यक्ष जीवन लामाले जानकारी गराए ।निरीक्षण टोलीमा वडा सदस्य द्वय कृष्ण बहादुर गुरुङ र शिव प्रसाद दङाल सहित नेकपाका स्थानीय नेताहरु अमृत दङाल र बद्री चौलागाईंको समेत सहभागिता रहेको थियो ।
फोटो :शंखरापुर न्युज