सामाजिक काममा जुट्दै गोकर्णेश्वर ३ का स्थानीय
कपन अनलाइन
काठमाडौं श्रावण २१। गोकर्णेश्वर नगरपालिका वडा नं ३ सुन्ताखानमा सदस्य तथा स्थानीयहरुले सरसफाई गर्नु को साथै दुर्घटना जोखिम न्यूनीकरण गर्न सडकमा भएका खाल्डा खुल्डी पुर्ने काममा स्थानीय जुटेका छन ,जसलाई स्वतन्त्र टोल सुधार समितिले पनि साथ दिएको छ ।
स्थापना भएको छोटो समयमा नै सामाजिक क्षेत्रमा सक्रिय रहेको स्वतन्त्र टोल सुधार समितिले लकडाउनको अवस्थामा राहत वितरण गर्ने देखि लिएर पहिरो जोखिम न्यूनीकरण तथा बातावरण प्रदुषण कम गर्न वृक्षारोपण, रक्तदान कार्यक्रम लगायत्को कार्य गर्दै आएको स्वतन्त्र टोल सुधार समितिका सदस्य लायन रामेश्वर बिष्टले बताए।
उनले दुर्घटना बाजा बजाएर नआउने हुँदा बिग्रेका सडकले दुर्घटनाको जोखिम निम्त्याउने हुँदा सो क्षेत्रका मुला सडकमा जमेको पानि कटान गर्नु को साथै खाल्डा खुल्डी पुरेको बताए ।उनले फुर्सदको समय आफ्नो गाउ ठाउको विकासमा स्थानीयनै सक्रिय हुनुपर्ने भन्दै सामुहिक रुपमा गरेको प्रयासले सफलता मिल्ने पनि बताए। सानो सानो काम बाट नै ठुलो काम हुने भएको हुँदा सामुहिक एकता आजको आवश्यकता भएको पनि उनले बताए ।
फोटो :हरिबोल बिष्ट