टोखा नगरपालिका वडा नं. ८ र ११ जोड्ने मनोरथ तिर्थस्थल पक्कि पुलको उदघाटन
कपन अनलाइन
काठमाडौं ,साउन १९।
टोखा नगरपालिका वडा नं. ८ र ११ जोड्ने मनोरथ तिर्थस्थल पक्कि पुलको उदघाटन गरिएको छ । २०७६ शाल असार ७ गते शिलान्यास भएको उक्त पुलको टोखा नगरपालिकाका प्रमुख प्रकास अधिकारीले उद्घाटन गरेका हुन।
३ करोड २३ लाख ३६ हजार ६७२ रुपैयाको लागतमा निर्माण गरिएको सो पुलको उदघाटन कार्यक्रममा नगरपालिकाकी उपप्रमुख ज्ञानमाया डंगोल ,प्रमुख प्रशाशकिय अधिकृत प्रदिप पौडेल सहित जनप्रतिनिधि तथा स्थानीय संघ संस्थाका प्रतिनिधि तथा स्थानीयहरुको उपस्थिति रहेको थियो।
ANS/K.M./JBNS-JV कम्पनीले निर्माण गरेको उक्त पुलको उदघाटन गर्दै नगरप्रमुख अधिकारीले नगरपालिकाको गौरवको योजनाका रुपमा रहेको सो पुलले उक्त क्षेत्रमा आवगमन तथा यातायातको व्यवस्थापनमा निकै ठुलो सहयोग पुग्ने बताएका थिए। सो पुल नगरको महत्वपूर्ण भौतिक संरचना रहेको भन्दै नगर प्रमुख अधिकारीले कोभिड -१९ को प्रकोपका बावजुद पनि निर्माण सम्पन्न गर्न सहयोग गर्ने सबलाई धन्यवाद प्रदान गरेका थिए।