बुढानिलकण्ठमा संक्रमितको सम्पर्कमा रहेका २९ जनाको स्वाव संकलन
कपन अनलाइन
काठमाडौं ,साउन १९।
बुढानीलकण्ठ नगरपालिकाका २९ जनाको स्वाव संकलन गरिएको छ।
बूढानीलकण्ठ नगरपालिका वडा नं.७ हेपाली हाईटका एक ४७ बर्षिय पुरुषलाई कोरोना संक्रमण देखिएसंगै उनको परिवारका सदस्य र नजीक सम्पर्कमा रहेका व्यक्तिहरु ४ महिला र ८ पुरुष गरि १२ जनाको आरटी पिसिआर विधिद्वारा कोरोना जाँचगर्न थ्रोट स्वाव संकलन गरिएको छ।
त्यस्तै बूढानीलकण्ठ-३ बसपार्क नजिकैका एक २३ बर्षिय युवालाई पनि कोरोना संक्रमण देखिएको थियो। उनको नजीक सम्पर्कमा रहेका ६ जना महिला र ११ जना पुरुष गरि १७ जनाको थ्रोट स्वाव संकलन गरिएको छ।
दुवै स्थानको गरि २९ जनाको संकलन गरिएको स्वाव कोरोना जाँचको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाईएको जनस्वास्थ्य प्रमुख कुमार प्रसाद दाहालले जानकारी दिएका हुन। साउन ११ गतेदेखि १६ गतेसम्ममा ६ जनालाई कोरोना संक्रमण भएको पुष्टि भइसकेको छ।