कागेश्वरी मनोहार नगरपालिकामा हाल सम्म १७३९ जनाको पि सीआर माध्यमबाट कोरोना परिक्षण
कपन अनलाइन
काठमाडौं,श्रावण १८। कागेश्वरी मनोहरा नगरपालिकामा हाल सम्म १७३९जनाको कोरोना परिक्षण गरिएको छ ।नगरपालिकाले मुलपानी नगर अस्पताल र आलापोट स्वास्थ्य चौकीमागरि हाल सम्म १७३९ जनाको कोरोना परिक्षण गरिएको नगर पालिकाको स्वास्थ्या शाखाले जानकारी गराएको हो। प्रत्येक हप्ताको शुक्रबार मुलपानी नगर अस्पताल कागेश्वरी मनोहरा नगरपालिका वडा नं ६ मा सबै कागेश्वरी मनोहरा नगरपालिकाका सबै वडा कार्यलयको सिफारिसमा निशुल्क पी सी आर परिक्षणको लागि स्वाब संकलन गरिदै आएको नगरप्रमुख कृष्णहरि थापाले जानकारी गराए ।
नगरभित्र कोरोना नियन्त्रण तथा रोकथामका लागि नगरपालिकाले पटक पटक कोरोना परीक्षण गराउँदै आएको जानकारी गराउदै संक्रमित क्षेत्र वा बाहिरी मुलुकबाट नगरभित्र आउने जोकोही व्यक्तिलाई समयमै कोरोना परीक्षण गराउन नगरपालिकाले आग्रह गरेको नगर प्रमुख कृष्णहरि थापाले जानकारी गराए । सरकारले कोरोना भाइरसको जोखिम घटेको भनेर नभई जनजीवन सरल बनाउन लकडाउन खोलेको हुँदा हरेक नागरिकले सुरक्षित स्वास्थ्यका उपाय अपनाउनु पर्नेमा जोड दिएका छन् ।