बुढानिलकण्ठ नगरपालिका वडा नं ६ को व्यवसाय दर्ता गर्ने सम्बन्धि सार्वजनिक सुचना

बुढानिलकण्ठ नगरपालिका वडा नं ६ को  व्यवसाय दर्ता गर्ने सम्बन्धि सार्वजनिक सुचना

 

कपन अनलाइन

काठमाडौं श्रावण १७। बुढानिलकण्ठ नगरपालिका वडा नं ६ ले व्यवसाय दर्ता गर्ने सम्बन्धि  सार्वजनिक सुचना जारि गरेको छ। कार्यवाहक वडा अध्यक्ष विश्वराम खड्का द्वारा हस्ताक्षरित उक्त सुचनामा वडा नं ६ भित्र व्यवसायिक प्रयोजनले स्थापना वा संचालन गरिएको वडा कार्यालयमा व्यवसाय दर्ता गर्न बाँकी सबै  प्रकारका ब्यवासाय हरु निम्न भए बमोजिमका कागजात संलग्न गरि वडा कार्यालयमा व्यवसाय दर्ता गरि बैधानिक तवर बाट  व्यवसाय  संचालन गरिदिनको लागि सम्पूर्ण व्यवसायीहरुलाई सार्वजनिक सुचना मार्फत अनुरोध गरिएको छ ।

आवश्यक कागजातहरु

१) नागरिकता प्रमाण पत्रको प्रतिलिपि :१

२) पासपोर्ट साइजको फोटो : २ प्रति

३) लालपुर्जाको प्रतिलिपि :१

४) घर जग्गा कर तिरेको रसिदको प्रतिलिपि :१

५ ) बहालमा भए बहाल  सम्झौताको प्रतिलिपि :१ थान

६ ) साझेदारी फर्म साझेदारहरु बिचको सम्झौता: १ थान

७ ) कम्पनी दर्ता  भए प्रवन्ध पत्र र नियमावलीको प्रतिलिपि:१ थान

 साथै सोहि सूचनामा फोहोर व्यवस्थापनको लागि सम्पूर्ण ब्यवासायीहरुले आफ्नो पसल  अगाडी सबैले देख्ने गरि अनिवार्य रुपमा  फोहोर फाल्ने भाँडो राख्न समेत अनुरोध गरिएको छ ।

तपाइँको प्रतिक्रिया ।