वीपी स्मृति भवन ओखलढुंगाका लागि चम्पादेवीका जनप्रतिनिधिहरुको ५ लाख ५२ हजार १ सय ३० रुपैयाँ सहयोग

वीपी स्मृति भवन ओखलढुंगाका लागि चम्पादेवीका जनप्रतिनिधिहरुको ५ लाख ५२ हजार १ सय ३० रुपैयाँ सहयोग

कपन अनलाइन 

काठमाडौं ,साउन १६।

नेपाली कांग्रेस ओखलढुंगाले निर्माण थालेको वीपी स्मृति भवनका लागि कांग्रेसबाट निर्वाचित चम्पादेवी गाउँपालिकाका जनप्रतिनिधिहरुले ५ लाख ५२ हजार १ सय ३० रुपैयाँ सहयोग गरेका छन् ।

कांग्रेसबाट निर्वाचित  गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, कार्यपालिका सदस्य एवं वडा सदस्यहरुबाट संकलित रकम भवन निर्माणका लागि सहयोग गरिएको हो ।

उनीहरूले एक महिना बराबरको सेवा सुविधाबाट प्राप्त भएको रकम सहयोग गरेका हुन् ।नेपाली कांग्रेसको जिल्ला कार्य समितिको निर्णय अनुसार भवन निर्माणका लागि रकम सहयोग गरिएको कांग्रेसका जिल्ला कार्य समिति सचिव तथा चम्पादेवी गाउँपालिकाका अध्यक्ष नवराज केसीले जानकारी दिएका छन  ।

सिद्धिचरण नगरपालिका ११ रामबजारमा निर्माण भइरहेको १ करोड ७ लाखको लागत अनुमान  साढे तीन तले वीपी स्मृति भवनको पहिलो तला निर्माण हुने चरणमा रहेको  छ । फोटो सौजन्य :ओखलढुंगा खबर

 

तपाइँको प्रतिक्रिया ।