जिल्ला प्रशासन कार्यालय काठमाडौंको सार्वजनिक सुचना

जिल्ला प्रशासन कार्यालय काठमाडौंको सार्वजनिक सुचना

कपन अनलाइन

काठमाडौं ,श्रावण १५ ।काठमाडौंमा कोरोनाको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले भीडभाड कम गर्न नयाँ नियम ल्याएको छ ।सामाजिक दूरी कायम गर्न जोड दिँदै कार्यालयले साउन १८ गते (आगामी आइतबार) देखि लागू हुने गरी नयाँ नियम ल्याएको हो । प्रशासनले एक सूचना जारी गर्दै कोरोनाको जोखम रहेकाले त्यसवाट बच्न निम्न उपाय अपनाउन आग्रह गरेको छ । नयाँ नियमअनुसार आइतबार काठमाडौं महानगरबासीले कार्यालयबाट सेवा पाउने छन्।

 नागरिकता प्रमाणपत्रलगायत सेवा लिन काठमाडौं महानगरबासी आइतबार कार्यालय जानु पर्ने छ । त्यस्तै सोमबार कीर्तिपुर, नागार्जुन र चन्द्रागिरी नगरपालिकाका सेवाग्राहीले सेवा पाउने छन् । मंगलबार फेरि काठमाडौं महानगरबासीले सेवा पाउँछन्।

बुधबार बुढानिलकण्ठ, टोखा, कागेश्वरी मनोहरा नगरपालिकाले र बिहीबार पुन काठमाडौं महानगरबासीले सेवा पाउने काठमाडौं जिल्ला प्रशासन कार्यालयद्वारा बुधबार जारी सूचनामा उल्लेख गरिएको छ ।यस्तै शुक्रबार गोकर्णेश्वर, दक्षिणकाली, शंखरापुर र तारकेश्वर नगरपालिकाका सेवाग्राहीले सेवा पाउने बताइएको छ । शान्ति सुरक्षा र कानूनबमोजिम हुने मुद्दाका लागि भने शनिबारबाहेक कार्यालय सधैँ खुल्ने छ । तोकिएका बार मिलाएर मात्र सम्बन्धित सेवाग्राही कार्यालयमा आउन प्रशासनले अनुरोध गरेको छ ।

तपाइँको प्रतिक्रिया ।