बाल अधिकार परिषदको कार्यकारी निर्देशकमा मिलन धरेल नियुक्त
कपन अनलाइन
काठमाडौं ,साउन १५।
बाल अधिकारकर्मी एवम् स्वतन्त्रता अभियानका महासचिव मिलन धरेल राष्ट्रिय बाल अधिकार परिषदको कार्यकारी निर्देशकमा नियुक्त भएकाछन् । गैसस महासंघ नेपालका पूर्व केन्द्रीय सदस्यसमेत रहेका धरेललाई सरकारले बुधबार परिषदको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो।
अस्ट्रेलियाको सिड्नी विश्व विद्यालय बाट मानव अधिकार तथा प्रजन्त्रिकरण र पत्रकारिता विषयमा स्नातकोत्तर गरेका धरेलले गैर सरकारी संस्था महासंघको केन्द्रीय सदस्य र सिविसको कार्यकारी निर्देशकका रुपमा लामो समय कार्य गरेका छन।
नेपालको बाल अधिकार अभियानमा लोकतान्त्रिक मान्यता स्थापित गर्न सक्रिय रहेका उनले दर्जनौ संघ संस्थाहरुमा कन्सल्टेन्टका रुपमा काम गरेका छन भने मानव अधिकार तथा बालबालिकाको क्षेत्रमा धेरै अनुसन्धानमा पनि सक्रिय रहेका छन।
साउथ एसियन एलायन्स फर पुभर्टि इराडिकेसनको कन्ट्री मेम्बरका रुपमा कार्य गरेका धरेल विभिन्न व्यवसायिक विषयका प्रशिक्षक पनि हुन्।