चन्द्रागिरी -१३ सूर्योदयमा अग्नी नियन्त्रण तालिम सम्पन्न

चन्द्रागिरी -१३ सूर्योदयमा अग्नी नियन्त्रण तालिम सम्पन्न

कपन अनलाइन

काठमाडौं ,साउन १४।

आगलागीबाट हुने क्षति र यसको न्यूनिकरणको लागि अपनाउनु पर्ने सचेतना अभिवृद्धि गर्ने लक्ष्य सहित ज्ञानोयद माध्यमिक विद्यालय, वाफल, कालिमाटीको पूर्व विद्यार्थीहरुको संगठन “ज्ञान”द्धारा “अग्नी नियन्त्रण तथा विपद् उद्धार स्वयंसेवक तालिम” को आयोजना गरेको छ ।

चन्द्रागिरी नगारपालिका वडा नं. १३ स्थित सूर्योदय नेपाल, लागु औषध तथा उपचार केन्द्रमा रहेका  ३० जना व्यक्तिका साथै उक्त संस्थामा आवद्ध कर्मचारी, व्यवस्थापन आदि गरी करिब ५० जनाको उपस्थिति रहेको उक्त कार्यक्रमलाई आयोजक संस्थाकी उपाध्यक्ष निरु महर्जनले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन्।

काठमाण्डौ महानगरपालिका अन्तर्गत विपद व्यवस्थापन विभागको प्राविधिक सहयोगमा आयोजित उक्त कार्यक्रमलाई वरिष्ट अग्नी नियन्त्रण प्रशिक्षक किशोर कुमार भट्टराईद्धारा सामान्य मानविय लापरर्वाहीको कारण अग्नीबाट हुन सक्ने जोखिमलाई कसरी न्यूनिकरण र नियन्त्रण गर्न सकिन्छ भन्ने सम्बन्धमा शैद्धान्तिक एवं प्रयोगात्मक प्रयोग गरेर देखाएका थिए।

सो  कार्यक्रममा चन्द्रागिरी न.पा. वडा नं.१३ का वडा अध्यक्ष मुकुन्द विडारी, नागार्जुन न.पा. वडा नं. ७ का अध्यक्ष रमेश प्रसाद गौतम, जागरण महिला विकास समाजकी अध्यक्ष सुगन्धा सिम्देल, तारकेश्वर युवा क्लबका अध्यक्ष सन्तोष बुढाथोकी, सुर्योदय नेपालका संस्थापक अध्यक्ष कृष्ण खत्री तथा संस्थापक सदस्य÷परामर्शदाता राजिव के.सी. लगायत अन्य व्यक्तिहरुको समेत उपस्थिति रहेको थियो ।

आयोजक “ज्ञान”का अध्यक्ष तथा कार्यक्रमका सभापति रुपचन्द्र पन्तले कार्यक्रममा सहभागी सबैमा हार्दिक धन्यवाद ज्ञापन गर्नुको साथै “ज्ञान” सधैव मानविय र सामाजिक कार्यको अलवा सामाजिक जागरणमा समेत सरिक रहँदै आएको र भविष्यमा पनि संस्थाले अन्य क्षेत्रहरुमा पनि यस्तै जागरण अभियानका कार्यक्रमहरु संचालन गरिने जानकारी गराएका थिए।

कार्यक्रम आयोजनाको मुख्य उद्धेश्य भनेकै आगो लागी हाल्यो भने आगोबाट कसरी बच्न सकिन्छ ? आगो कसरी नियन्त्रण गर्न सकिन्छ ? ग्यास सिलिण्डरबाट आएको आगो कसरी निभाउने ? आगोबाट आफु र अरुलाई कसरी बाच्न र बचाउन सकिन्छ ? भन्ने वारेमा अध्यक्ष पन्तले जानकारी गराएका थिए । गत असार  २० गते मात्र “ज्ञान” द्धारा कलंकीमा आयोजना गरेको वृहत्तर रक्तदार कार्यक्रममा ७२ पिन्ट रक्त संकलन गरिएको थियो ।

तपाइँको प्रतिक्रिया ।