गोकर्णेश्वर नगरपालिका द्वारा कृषकहरुलाई फलफूलको बिरुवा वितरण
कपन अनलाइन
काठमाडौं ,साउन १२ ।गोकर्णेश्वर नगरपालिकाले कृषकहरुलाई फलफुलको बिरुवा तथा मलखाद वितरण गरेको छ । आइतबार गोकर्णेश्वर नगरपालिका वडा नं २,३ र ४ का कृषकहरुलाई करिब १६० जनालाई बिभिन्न प्रजातिका फलफुलको बिरुवा र मलखाद निशुल्क बितरण गरेको हो ।गोकर्णेश्वर नगरपालिका वडा नं ४मा एक कार्यक्रमका बीच एभोकाडो आँप, कागती, सुन्तला , लगायतको फलफूलको बिरुवा वितरण गरिएको थियो।

उक्त कार्यक्रमको प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिकाकि उप प्रमुख शान्ती नेपाल रहेकी थिइन् भने बिशेष अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरी घिमिरे वडा सदस्य जयराम महत, वडा सदस्य उमा थापा, वडा सचिब नवराज सेन लगायत वडाका कर्मचारी र स्थानीयको उपस्थिति रहेको थियो ।कार्यक्रमको अध्यक्षता गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष श्रीकुमार श्रेष्ठले गरेका थिए भने कार्यक्रम संचालन गोकर्णेश्वर नगरपालिका सामाजिक बिकास शाखा अधिकृत भीमा थापाले गरेकी थिइन्। स्थानीय मैना गिरिले स्वागत मन्तब्य राखेको कार्यक्रममा वडा सदस्य जयराम महतले कार्यक्रमको उदेश्य माथि प्रकाश पारेका थिए ।

कार्यक्रममा शुभकामना मन्तब्य राख्दै गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नरहरी घिमिरेले आयोजकलाइ धन्यबाद दिदै व्यवसायिक रूपमा फलफूल खेती विस्तार र प्रवद्र्धनका लागि नगरपालिकाले कार्यक्रम ल्याएको बताए। उनले हाललाई नमुनाको रुपमा कृषकहरुलाई बिरुवा वितरण गरेको जानकारी गराउदै व्यवसायिक रुपमा कृषि क्षेत्रमा लाग्ने कृषकहरुलाई अनुदान दिने योजनामा नगरपालिका रहेको बताए। उनले व्यवसायिक फलफुल खेतीलाइ प्रोत्साहन गर्ने हेतुले हाललाई थोरै भए पनि फलफूलको बिरुवा वितरण गरेको जानकारी दिदै आगामी दिनमा कृषकको रुची र मागलाई सम्बोधन हुने किसिमले नगरपालिका अघि बढ्ने पनि बताए। उनले फलफूलको बिरुवा रोप्ने भन्दा पनि त्यसलाई हुर्काउने र संरक्षण महत्वपूर्ण रहेको भन्दै कृषकहरुलाई दिइएको बिरुवाको उचित रुपमा सदुपयोग गर्न अनुरोध गरिएको थियो ।

सोहि कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै गोकर्णेश्वर नगरपालिकाकि प्रमुख शान्ती नेपालले कृषि क्षेत्रलाई आधुनिकिकरण गर्दै पर निर्भर नभई आत्मनिर्भर बनाउन र सो भेगमा फलफुल तथा तरकारीका लागी उपर्युक्त भएकाले कृषकहरुका निम्ति कृषि अनुदानका कार्यक्रम नगरले समेटेको बताइन। उनले हाललाई कृषक समूहहरुलाई बिरुवा वितरण फलफूलको बिरुवा वितरण गरेको जानकारी गराउदै घरमा कुहिने फोहोर बाट मल बनाउन समेत प्रोत्साहन गरेकी थिइन्। उनले दिइएको बिरुवाको संरक्षण गर्न समेत अनुरोध गरेकी थिइन् । उनले अन्य वडामा समेत फलफुलको बिरुवा वितरण गर्ने तयारी गरेको जानकारी समेत गराएकी थिइन् ।

अध्यक्षताको आसन बाट बोल्दै गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष श्री कुमार श्रेष्ठले कृषकहरुलाई यस अघि पनि बिभिन्न बिउबिजन वितरण गरेको जानकारी गराए ।उनले उपयुक्त हुने बिरुवा मात्र लैजान कृषकहरुलाई अनुरोध गर्दै लागेको बिरुवा संरक्षण गरि हुर्काउन अनुरोध गरेका थिए ।

उनले बढ्दो जनसंख्या वृद्धिसँगै भारतीय बजारबाट फलफुल आउने गरेकाले त्यसलाई विस्थापन गर्न सानो भए पनि सहयोग पुगोस भन्ने हेतुले बिरुवा वितरण गरिएको बताए ।उनले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाइ निरन्तरता दिने बताए । कार्यक्रममा कृषकहरुलाई उप प्रमुख शान्ती नेपाल लगायतले फलफूलको बिरुवा सहित मलखाद वितरण गरिएको थियो ।
फोटो : सरोज बस्नेत
