लायन्स क्लब ईन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ को क्याबिनेट अफिसर्स स्कुलिङ सम्पन्न
कपन अनलाइन
काठमाडौं, साउन १० ।
लायन्स क्लब ईन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ को क्याबिनेट अफिसर्स स्कुलिङ काठमाडौंमा सम्पन्न भएको छ ।शनिबार राजधानीको मेरिएट होटेलमा सम्पन्न भएको हो।कोभिड १९ को महामारीको बीचमा पनि सुरक्षात्मक उपाय अपनायी समाजिक दुरि र सरकारले तोकेको मापदण्ड भित्र रहेर छुट्टाछुट्टै हलमा सम्पन्न गरिएको कार्यक्रमको प्रमुख अतिथि लायन्स क्लबका जि ए टि एरिया लिडर लायन खगेन्द्र सिटौला रहेका थिए भने बिशेष अतिथिको रूपमा डिस्ट्रिक्ट ३२५ ए१ का पुर्व गभर्नर एबम वर्तमान जि एस टि मल्टिपल कोअर्डिनेटर लायन अनन्त प्रसाद भेटुवाल , पुर्व गभर्नर एबम हङगर रिलिफ मल्टीपल डिस्टृक चियरपर्सन लायन कुमार राज सुवेदी, डिस्टृक सेकेन्ड भाइस गभर्नर लायन कर्मा गुरुङ, पुर्व गभर्नर लायन दिनेश पौडेल, पुर्व गभर्नर एबम इनभायोरेनमेन्ट मल्टिपल डिस्टृक चियरपर्सन लायन एम डि अग्रवाल लगायत चिफ, एरिया, रिजन,जोन चियरपर्सन सहित लायन्स लिडर तथा सदस्यहरुको उपस्थिति रहेको थियो।
डिस्ट्रिक गभर्नर लायन टंक बहादुर श्रेष्ठको अध्यक्षतातामा भएको उद्घाटन सत्रका कार्यक्रम संचालन क्याबिनेट सेक्रेटरी लायन बिमल कुमार श्रेष्ठ रहेका थिए भने राष्ट्रिय गान संगै शुरु भएको कार्यक्रममा लायन शान्ता थापाले झन्डाको अभिबादन वाचन गरेकी थिइन्।
विश्व शान्तीको लागि एक मिनेट मौन प्रार्थना समेत गरिएको कार्यक्रममा डिस्ट्रिक गभर्नर लायन टंक बहादुर श्रेष्ठले स्वागत मन्तव्य सहित कार्यक्रमको उदेस्य माथी प्रकाश पारेका थिए। उक्त कार्यक्रममा पुर्व गभर्नर लायन दिनेश पौडेल र लायन एम डि अग्रवालले शुभकामना मन्तव्य राखेका थिए ।सोही कार्यक्रमको उद्घाटन सत्रमा नियात्राकार एबम लायन जीव नाथ पोखरेल द्वारा लेखिएको युरेसियाको यात्रा नामक पुस्तक बिमोचन गरिएको थियो ।
उद्घाटन सत्रमा डिस्टृक ३२५ ए १ का सेकेन्ड भाइस डिस्ट्रिक गभर्नर लायन कर्मा गुरुङले धन्यवाद ज्ञापन गर्दै उद्घाटन सत्रको समापन गरिएको थियो ।
कार्यक्रमको दोस्रो सत्रमा क्याबिनेट अफिसर्सहरुलाइ स्कुलिङ गरिएको थियो।छुट्टाछुट्टै हलमा सामाजिक दुरिसहित २०/२० जनाको समुहमा बिभाजित गरि गरिएको कार्यक्रममा जि ए टि एरिया लिडर लायन खगेन्द्र सिटौला ले ग्लोबल एक्सन टिम को कार्यको बारेमा प्रस्तुतीकरण गरेका थिए भने चिफ एडभाइजर लायन उत्तर चापागाईंले प्रोटोकल र डेकोरम, त्यस्तै एम जे एफ ,क्याम्पेन सय डलर ,र एन एल एफको बारेमा पुर्व गभर्नर एबम हङर रिलिफ मल्टिपल डिस्ट्रिक चियर पर्सन लायन कुमार राज सुवेदी ,लायन लक्ष्मीराज अधिकरी ,लायन अरुणलाल श्रेष्ठ र चिफ एन एल एफ लायन दिपक चापागाईंले प्रस्तुतिकरण गरेका थिए ।
त्यसै गरि परिवार र महिला, जि एम टिको बारेमा लायन शोभा गुरुङ ,लायन दिपेन्द्र सिम्खडा ,लायन धर्म शरण श्रेष्ठले प्रस्तुतीकरण गरेका थिए। त्यस्तै गरि डिस्ट्रिक सेकेन्ड भाइस गभर्नर लायन कर्मा गुरुङले रिजन र जोन चियर पर्सनहरुको काम कर्तव्यको बारेमा र डिस्ट्रिक गभर्नर लायन टंक बहादुर श्रेष्ठले डिस्टृक गभर्नर र अन्तर्राष्ट्रिय प्रेसिडेन्टको थिम प्लान प्रोग्रामको बारेमा प्रस्तुतिकरण गरेका थिए।
कार्यक्रमको अन्तिम सत्रमा डिस्ट्रिकका पुर्व गभर्नर एबम बर्तमान जि एस टि मल्टिपल कोर्डिनेटर लायन अनन्त प्रसाद भेटुबालले चिफ एरिया कोर्डीनेटर र चियरपर्सन हरुको काम कर्तब्यका मोटिभेसनल फ्याक्टरको बारेमा प्रस्तुतिकरण गरेका थिए।
तपाइँको प्रतिक्रिया ।