रुद्रमती (धोवीखोला ) मा काठमाडौं महानगरपालिका वडा नं ५ र ७ जोड्ने २ वटा पुल शुभारम्भ

रुद्रमती (धोवीखोला ) मा काठमाडौं महानगरपालिका वडा नं ५ र ७ जोड्ने २ वटा पुल शुभारम्भ

कपन अनलाइन

काठमाडौं ,साउन १०।

काठमाडौं महानगरको वडा ५ र ७ लाई जोड्ने रुद्रमती (धोवीखोला) मा २ वटा पुल आजबाट सञ्चालनमा आएका छन् । पैदल यात्रुका लागि वडा ५ ले निर्माण गरेका पुलहरु काठमाडौं  महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्य र उपप्रमुख  हरिप्रभा खड्गी श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरेका छन  ।

पुल उद्घाटन पछि काठमाडौं प्रमुख  शाक्यले जनप्रतिनिधिले   जनताका अगाडि परीक्षा दिइरहेको  र आफ्नो  कामको मुल्याङ्कन जनताले गर्ने बताउदै  पार्क बनाउने, सडक र यातायात सुधार, पैदल यात्रुको यात्रा सहजता, सम्पदा संरक्षणलगायतका काम महानगरका प्राथमिक काम रहेको धारणा राखेका थिए।

त्यस्तै उपप्रमुख  हरिप्रभा खड्गी श्रेष्ठले स्थानीय आवश्यकता पूरा गर्न सके आफ्नो कार्यकाल सफल हुने बताउदै कार्यकालको अन्तिम २२ महिना जनताका अपेक्षा पूरा गर्न  प्रतिवद्ध भएर काम गरेको धारणा राखेकी थिइन्।

दुई पुल १६ लाख ७४ हजार रुपैयाँमा निर्माण सम्पन्न भएका   फलामे यात्रु पुल १ महिनामा निर्माण सम्पन्न भएको वडा नं ५ का अध्यक्ष रमेस डंगोलले बताएका छन।

अब खोला पार गर्न लामो दुरी हिँडेर टाढा पुग्नु नपर्ने र  यसबाट वडा ५ र ७ का स्थानीयबासीलाई प्रत्यक्ष लाभ पुगेको वडा नं ७ का अध्यक्ष सुद्द कुमार डंगोलले बताएका छन।फोटो सौजन्य : काठमाडौं अनलाइन

 

तपाइँको प्रतिक्रिया ।