गोकर्णेश्वर नगरपालिका वडा नं १ को सामाजिक सुरक्षा भत्ता सम्बन्धि सार्वजनिक सुचना
कपन अनलाइन
काठमाडौँ ,श्रावण ८। गोकर्णेश्वर नगरपालिका वडा नं १ ले सामाजिक सुरक्षा भत्ता सम्बन्धि सार्वजनिक सुचना जारी गरेको छ ।
वडा अध्यक्ष राम मानन्धर द्वारा हस्ताक्षरित उक्त सुचनामा भनिएको छ ,सामाजिक सुरक्षा ऐन २०७५ तथा नियमावली २०७६ बमोजिम राष्ट्रिय परिचय पत्र तथा पंजीकरण विभागको मिति २०७७ साल असार १८ चलानी नं १७६५को पत्र अनुसार उक्त ऐनको दफा १५ को खण्ड (ग) मा अन्य कुनै प्रकारले नियमित रुपले पारिश्रमिक निवृतिभरण, अवकाश. सुबिधा तथा अन्य सुबिधा पाइरहेका व्यक्तिले सामाजिक सुरक्षा भत्ता नपाउने प्रष्ट व्यवस्था गरेको र बिदेशी सरकार बाट नियमित रुपले निवृतिभरण प्राप्त गरिरहेका नेपाली नागरिकहरुलाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्न नमिल्ने भनि मिति २०७७ साल असार १७ मा मन्त्रिस्तर बाट निर्णय भएको हुँदा माथी उल्लेखित सेवा सुविधा लिईरहेका ब्यक्तिहरुलाई वडा कार्यलयबाट प्रदान गरिने सामाजिक सुरक्षा भत्ता प्रदान नगरिने व्याहोरा समेत सोहि सुचना मार्फत जानकारी गराइएको छ ।साथै झुट्टा बिवरण पेश गरि लिइएको पाइएमा कानुन बमोजिम कारवाही हुने ब्याहोरा समेत सोहि सुचना मार्फत जानकारी गराइएको छ ।