गोकर्णेश्वर नगरपालिका वडा नं ९ द्वारा नयाँ आर्थिक वर्षमा कर तिर्ने पहिलो करदातालाई सम्मान

गोकर्णेश्वर नगरपालिका वडा नं ९ द्वारा नयाँ आर्थिक वर्षमा कर तिर्ने पहिलो करदातालाई सम्मान

कपन अनलाइन  

काठमाडौँ श्रावण ४ । गोकर्णेश्वर नगरपालिका वडा नं ९ मा नयाँ  आ व २०७७/७८ का  पहिलो करदातालाई सम्मान गरिएको छ।गोकर्णेश्वर नगरपालिकाको नगर कार्यपालिकाले नयाँ आर्थिक वर्षमा पहिलो दिन पहिलो पटक कर तिर्ने करदातालाई सम्मान गर्ने निर्णय गरे अनुसार सम्पत्ति कर तिर्न आएका र व्यवसाय दर्ता गर्न आएका  व्यक्तिलाई सम्मान गरिएको वडा नं ९ का वडा अध्यक्ष राजिब थापाले बताए।

करदातालाई प्रोत्साहन गर्ने र कर तिर्ने वातावरण बनाउने उदेश्य अनुरुप  नगर कार्यपालिकाले गरेको निर्णय अनुसार सबै वडाका पहिलो करदातालाई सम्मान गरिएको थियो।

गोकर्णेश्वर नगरपालिका वडा नं. ९ का आ.व.०७७/७८ का प्रथम करदाताहरु सम्पत्ति कर तथा व्यवसाय दर्ता तर्फ क्रमश: श्री सुरेश सुवेदी र श्री फुर्बा तामाङ्गलाइ वडा अध्यक्ष राजिब थापाले खादा लगाएर सम्मान गरेका हुन् । कार्यक्रममा वडा सचिब संगीता बराल सहित अन्य कर्मचारीको पनि उपस्थिति रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।