नेकपाका समस्या समाधान हुन खोज्दा किन मन अमिलो :उपप्रधानमन्त्री ईश्वर पोखरेल

नेकपाका समस्या समाधान हुन खोज्दा किन मन अमिलो :उपप्रधानमन्त्री ईश्वर पोखरेल

कपन अनलाइन 

काठमाडौं ,साउन ४।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य एवं नेपाल सरकारका उपप्रधान एवं रक्षामन्त्री इश्वर पोखरेलले ‘नेकपामा आन्तरिक समस्या समाधान हुन र गर्न खोज्दा किन मन अमिलो पारेका होलान् ? भन्दै प्रश्न गरेका छन।

शनिबार साँझ सामाजिक सञ्जाल ट्वीटर मार्फत उपप्रधानमन्त्री पोखरेलले नेकपा एक हुन खोज्दा किन मन अमिलो पारेका होलान् ? भन्दै गम्भीर प्रश्न उठाएका हुन ।उनले लेखेका छन ‘नेकपामा आन्तरिक समस्या समाधान हुन र गर्न खोज्दा किन मन अमिलो पारेका होलान् ? अचम्म !’ 

नेकपाको सचिवालय बैठक पश्चात आन्तरिक विवाद  समाधानका लागि सक्रिय रहेका उपप्रधानमन्त्री पोखरेलले सांकेतिक रुपमा सो प्रश्न गरेका छन। एकतावद्ध पार्टी अहिलेको आवस्यकता रहेको बताउदै आएका पोखरेलले  जनमतको  सम्मानका लागि उन्नत एकता अहिलेको आवस्यकता रहेको धारणा राख्दै आएका छन।

 

तपाइँको प्रतिक्रिया ।