लेनदेन विवादमा टोखाबाट एक व्यक्तिको ‘अपहरण’
कपन अनलाइन
काठमाडौं ,साउन २।
लेनदेन सम्बन्धी विवादका कारण टोखाबाट एक जना व्यक्ति ‘अपहरण’मा परेका छन् ।
महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी दिपक थापाका अनुसार टोखाका रामबाबु शाहलाई टोखाबाट एउटा समूहले नियन्त्रणमा लिएर लोकन्थलीस्थित एक घरमा बन्धक बनाएको हो । बन्धक बनाएर २५ लाख रुपैयाँको चेक मागिएको थियो ।
थापाले भने, ‘छोराले अपहरण भएको भनेर फोन गरेपछि खोजीमा खटिएका थियौं, अहिले ७ जनालाई पक्राउ गरेका छौं ।’
तपाइँको प्रतिक्रिया ।
