सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीमा पहिरो, २ को मृत्यु ५ बेपत्ता

सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीमा पहिरो, २ को मृत्यु ५ बेपत्ता

कपन अनलाइन 

सिन्धुपाल्चोक ,साउन १/दिपक विक्रम देउजा

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीमा गए राति आएको पहिरोले दुईवटा घर पुरिँदा पाँच जना बेपत्ता भएका छन् । बेपत्ता हुनेहरु पाँचै जना महिला हुन् ।

गए राति साढे १ बजे आएको पहिरोले गेन्जिङ शेर्पाको घर पुरिँदा उनकी आमा, बहिनी, श्रीमती र दुई छोरीहरु पहिरोमा पुरिएका हुन् ।गएराति करिब साढे १ बजे पहिरो गएको थियो ।

अहिले सम्म प्रहरी घटना स्थल पुगेको छैन भने स्थानीयहरुको सहयोगमा उद्दार लागयतका काम भैरहेको गाउँपालिका अध्यक्ष राज कुमार पौडेलले  बताएका छन । पहिरोले फुल्पिङकट्टीकै एक स्कुलको कम्पाउन्डमा पनि क्षति पुर्याएको छ।

तपाइँको प्रतिक्रिया ।