लायन्स क्लब अफ काठमाडौँ ओखलढुंगाको पद हस्तान्तरण तथा सम्मान कार्यक्रम सम्पन्न
- कपन अनलाइन
काठमाडौँ ,असार २९ । लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तर्गतका लायन्स क्लब अफ काठमाडौँ ओखलढुंगाको पद हस्तान्तरण तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।असार २९ गते सोमबार डिल्लीबजार चारखाल स्थित इचिवन रेस्टुरेन्ट मा एक ककार्यक्रम का बीच लायन्स क्लब अफ काठमाडौँ ओखलढुंगाका कार्यसमिति पदाधिकारीहरुले नयाँ कार्यसमितिलाई पद हस्तान्तरण गरेका हुन्। कोभिड१९ कोरोना भाइरसको महामारीले सिर्जित विषम परिस्थितिले गर्दा केहि सिमित ब्यक्तिहरुको उपस्थिति रहेको थियो ।
लायन्स क्लबका पुर्व डिस्ट्रिक गभर्नर लायन रुबय नाथ कोइरालाको प्रमुख आतिथ्यमा सम्पन्न भएको सो कार्यक्रममा लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १का डिस्ट्रिक कोभिद १९ चिफ लायन हिरा प्रसाद गुप्ता रिजन चियरपर्सन लायन तुलसीराम ओली , जोन चियरपर्सन अनुमा कोइराला लायन्स क्लब अफ काठमाडौं कान्तिपुरका वर्तमान प्रेसिडेन्ट लायन इश्वर पुडासैनी लगायत लायन्स लिडर तथा सदस्यहरुको उपस्थिति रहेको थियो।
लायन्स क्लब अफ काठमाडौं ओखलढुंगा वर्ष १९/२०का प्रेसिडेन्ट लायन बाल कृष्ण दाहाल को अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन लायन्स क्लब अफ काठमाडौं ओखलढुंगाको सचिब लायन इन्दिरा निरौलाले गरेकी थिइन्। राष्ट्रिय गान संगै शुरु भएको कार्यक्रममा लायन कोपिला खतिवडाले झण्डाको अभिवादन बाचन गरेकी थिइन्। एक मिनेट विश्व शान्तिको लागि मौन पार्थना समेत गरिएको कार्यक्रममालायन्स क्लब अफ काठमाडौं ओखलढुंगाका २०१९/२०का प्रेसिडेन्ट लायन बाल कृष्ण दाहालले स्वागत मन्तब्य सहित कार्यक्रमको उदेश्य माथि प्रकाश पारेका थिए ।
उनले आफ्नो कार्य कालमा भएका कामहरुको समिक्षा प्रस्तुत गर्दै आगामी दिनमा पनि क्लबका गतिविधिहरुले सामाजिक क्षेत्रमा अतुलनीय सहयोग पुग्ने विश्वास गरे । उनले ओखलढुंगा मात्र नभई देश भरिनै लायन्स क्लब अफ काठमाडौं ओखलढुंगाले बिभिन्न सामाजिक कार्य गर्दै आएको बताए। उनले आगामी दिनमा पनि यस्तै सामाजिक क्रियाकलापलाइ जारी राख्ने बताए ।
लायन्स क्लब मानवीय धर्म, आस्था र मर्मलाइ आत्मसाथ गर्दै निःस्वार्थ भावले समाजमा सेवा गर्ने एक अन्तराष्ट्रिय समाजिक संस्था भएको बताउदै कमजोर अनि दुःख वा पिडामा रहेका व्यक्तिहरुलाई आफ्नो खुसीले सहयोग गर्ने र सहयोगको वातावरण श्रृजना गर्दै मानव सेवालाई नै आधार बनाएर ‘वि सर्भ’ अर्थात हामी सेवा गर्छौ नारा बोकेर अघि बढेको बताए ।
निस्वार्थ सामाजिक भावले समाजमा सेवा गर्ने लक्ष्य र उदेश्यले लायन्स क्लब अफ काठमाडौं ओखलढुंगाले स्थापना काल देखि नै काम गरिरहेको बताए ।समाज प्रति केही गछौं भन्ने उद्देश्यका साथ लायन्स क्लबमा लागेको हुदा हरेक समुदायसँग सहकार्य गरेर बर्ष भरिमा क्लबले सामाजिक काम गरि उत्कृष्ट बनाउनुपर्नेमा जोड दिएका थिए । उनले नया कार्यसमितिलाई थप जिम्मेवार भएर सेवाको कार्यमा लाग्न अनुरोध गर्दै डिस्ट्रीक्ट गभर्नरको ध्येय प्राप्तिको लागि राम्रा सेवाको योजना बनाई कार्यन्वयन गर्न आफुले सकेको साथ र सहयोग प्रदान गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।
कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं ओखलढुंगाकि वर्ष २०१९ /२०कि कोषाध्यक्ष र हालकी सचिब लायन इन्दिरा निरौलाले क्लबले वर्ष दिन भरि भएका आय व्येय प्रस्तुत गरेकी थिइन् कार्यक्रममा क्लबलाइ सहयोग पुर्याउदै आएका संघ सस्था तथा संचार क्षेत्रका ब्यक्तिहरुलाई कार्यक्रमका प्रमुख अतिथि तथा बिशेष अतिथि द्वारा सम्मान गरिएको थियो।
त्यसै गरि कार्यक्रममालायन्स क्लब अफ काठमाडौं ओखलढुंगा २०१९-२० का प्रेसिडेन्ट लायन बालकृष्ण दाहालको कार्यसमितिले वर्ष लायन्स क्लब अफ काठमाडौं ओखलढुंगाको वर्ष २०२०-२१ को लागि चुनिएका प्रेसिडेन्ट लायन नानीबाबु बुढाथोकीको नयाँ कार्यसमितिलाई पद हस्तान्तरण गरिएको थियो। कार्यक्रममा क्लबले बर्षभरि गरिएको काम सहितको खर्च बिवरण सार्वजनिक गरी क्लबको हिसाब नयाँ कार्यसमितिका कोषाध्यक्षहरुलाई लाइ हस्तान्तरण गरिएको थियो । त्यसै गरि क्लबमा नया प्रवेश गरेका ३ जना सदस्यहरुलाई समेत क्लबमा स्वागत गर्दै सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्दै लायन्स क्लब अफ काठमाडौं ओखलढुंगाका प्रेसिडेन्ट लायन नानिबाबु बुढाथोकीले सबैलाई धन्यबाद दिदै सेवामुलक काम गरेर क्लबको ख्याती लाइ झनै बढाएर लैजानसबैको साथ र सहयोग आवश्यक रहेको बताए ।
लायन्सले गर्दै आएका केहि कार्यहरु समाजमा उदहारणीय रहेका भन्दै उनले क्लब स्थापनाको छोटो समयमा नै बिभिन्न बिषयमा सचेतनाका कार्यहरु, वातावरण सरसफाई, उपचारमा सहयोग, खाद्यान्न वितरण, , कपि वितरण, विपद को बेलामा खाद्यान्न लगायत अन्य सहयोग, रक्त संकलन, माहामारीको बेला पनि राहत वितरण लागायतका कार्यहरुले समाजमा क्लबको गरिमा बढाएको बताए । उनले आफ्नो कार्यकालमा थप सेवाको कार्य गर्दै टिमलाइ संगै लिएर अघि बढ्ने पनि बताए। उनले डिस्ट्रिक गभर्नरको थिम नै टिम भएको हुँदा समूह गत रुपमा थुप्रै काम गर्न सकिने बताउदै सबैको साथ र सहयोगक अपेक्षा गरेका थिए ।
कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं कान्तिपुरका वर्तमान प्रेसिडेन्ट लायन इश्वर पुडासैनी लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १का डिस्ट्रिक कोभिद १९ चिफ लायन हिरा प्रसाद गुप्ता रिजन चियरपर्सन लायन तुलसीराम ओली , जोन चियरपर्सन अनुमा कोइराला लगायतले शुभकामना मन्तब्य राखेका थिए ।कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै पुर्व डिस्ट्रिक गभर्नर लायन रुवाय नाथ कोइरालाले आयोजकलाइ धन्यवाद दिदै लायन्स क्लब अफ काठमाडौं ओखलढुंगाको नया कार्यसमितिलाई सफल कार्यकालको शुभकामना ब्यक्त गरेका थिए ।
उनले इन्टरनेसल गभर्नरको प्लान एक्सन र डिस्ट्रिकको योजनालाई मुर्तरुप दिन सबै जना एक जुट भएर अघि बढ्नु पर्ने र त्यसमा सबैको साथ र सहयोग पाउने बिश्वास ब्यक्त गरे। उनले लायन्स क्लवबाट विगतमा भएका राम्रा कामलाई निरन्तरता दिदै समाजमा विकास कार्यलाई हातेमालो गर्दै थप नयाँ योजना सहित अगाडी बढ्न सुझाव दिएका थिए । उनले लायन्सको अन्तराष्ट्रिय विधि विधान अनुसार क्लवलाई समाजमा छुट्टै पहिचान कायम गर्न क्लब सदस्यहरुको भुमिका महन्वपुर्ण हुने भन्दै सबै जना एक जुट भएर अगाडी बढ्न प्रेरित गरेका थिए ।