जीपी कोइराला फाउन्डेसन काठमाडौं -४ (२) को आयोजनामा रक्तदान हुने
कपन अनलाइन
काठमाडौं ,असार २९।
जीपी कोइराला फाउन्डेसन काठमाडौं -४ (२) र नेपाल रेडक्रस सोसाइटी कपन उपशाखाको संयुक्त आयोजनामा बृहत रक्तदान कार्यक्रम हुने भएको छ। २०७७ शाल श्रावण २ गते बिहान १० बजे देखि हुने सो कार्यक्रम बुढानिलकण्ठ नगरपालिका वडा नं १२ घटराज मेमोरियल मावीमा हुनेछ।
नेपाली राजनीतिका शिखर पुरुष बिपी कोइरालाको १०९ औ जन्मजयन्तीका अवसरमा हुने सो कार्यक्रममा सहभागी भै रक्तदान गर्नका लागि कार्यक्रमका संयोजक नेपाली कांग्रेसका युवा नेता नवराज खनाल (विक्रम ) ले आग्रह गरेका छन।
तपाइँको प्रतिक्रिया ।