चन्द्रागिरि नगरपालिकाले  सामाजिक सुरक्षा भत्ता नवीकरण गर्ने सम्बन्धि सार्वजनिक सुचना

चन्द्रागिरि नगरपालिकाले  सामाजिक सुरक्षा भत्ता नवीकरण गर्ने सम्बन्धि सार्वजनिक सुचना

कपन अनलाइन

काठमाडौं असार २७।  चन्द्रागिरि नगरपालिकाले  सामाजिक सुरक्षा भत्ता  नवीकरण गर्ने सम्बन्धि सार्वजनिक सुचना जारी गरेको छ ।प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र कार्कीको हस्ताक्षर रहेको उक्त सुचना मार्फत  सामाजिक सुरक्षा नियमावली २०७६ अनुसार हाल भत्ता पाइरहेका ज्येष्ठ नागरिक लगायतका लक्षित समुहका लाभ ग्राहीहरुले आगामी आर्थिक वर्ष २०७८/७९मा पनि भत्ता लिनको लागि अनिवार्य रुपमा २०७७ साल श्रावण १ गते देखि श्रावण मसान्त भित्र  नवीकरणका लागि सामाजिक सुरक्षा भत्ता पाउने ब्यक्ति आफै वा बालबालिकाको हकमा निजको आमा बाबु संरक्षक माथवर वा स्याहार सुसार गर्ने ब्यक्तिले समबन्धित वडा कार्यालयमा निवेदन दिनको लागि अनुरोध गरिएको छ साथै यो सुचना बमोजिम नवीकरणका लागि निवेदन नदिने लाभ ग्राहीहरुले २०७८ साल श्रावण महिना देखि भत्ता प्राप्त गर्न नसक्ने व्यहोरा समेत अनुरोध गरिएको छ ।

नवीकरणका लागि संलग्न हुनु पर्ने आवश्यक कागजातहरु

नागरिता प्रमाण पत्रको प्रतिलिपि।

२ प्रति कलर फोटो ।

बालबालिकाको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि।

अपांगता भएका ब्यक्तिहरुको हकमा अपांगता परिचयपत्रको प्रतिलिपि ।

बिधुवा महिलाको हकमा पतिको मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपि।

समबन्ध विच्छेद  गरि अर्को बिवाह नगरेकी महिलाको हकमा सम्बन्ध बिच्छेद दर्ता प्रमाणपत्रको प्रतिलिपि र अर्को बिवाह नगरेको प्रमाण।

 बिवाह नगरेका महिलाको हकमा वडा कार्यालयको सिफारिस पत्र ।

तपाइँको प्रतिक्रिया ।