गोकर्णेश्वर नगरपालिकाको आ व ७७/७८मा सामाजिक विकास नीति
कपन अनलाइन
काठमाडौँ, असार २६ । गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेको अध्यक्षतामा जोरपाटी स्थित पिस ब्यांकेटमा भएको पाँचौ नगर सभामा आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिएको थियो। उक्त कार्यक्रममा नगर प्रमुख सन्तोष चालिसेले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।
गोकर्णेश्वर नगरपालिकाको सामाजिक विकास नीतिको बारेमा बोल्दै उनले महिला समूह संघ संस्था नबिकरण र दर्ता प्रक्रिया सहज र सरल बनाइने बताए। त्यसै गरि सामाजिक विकास कार्यक्रम अन्तर्गत लक्षित बर्गका कार्यक्रमहरुलाई नगरपालिका अन्तर्गतका कार्यक्रम नगरपालिकाले नै र वडा अन्तर्गतका कार्यक्रमवडा कार्यलयले नै संचालन गर्ने व्यवस्था मिलाइने बताए ।
त्यस्तै बेरोजगार तथ्यांक संकलन गरि उनीहरुको आवश्यकता र ईच्छा अनुसारको शिप बिकास गरिने बताए। उनले ज्येष्ठ नागरिक एकल महिला अपांग र दलित बालबालिकाहरुलाई सामाजिक सुरक्षा भत्ता वितरण प्रक्रियालाइ अझ सरल र सहज बनाउदै लगिने समेत बताए।त्यसै गरि उनले बाल मैत्री स्थानीय शासन स्थापनाको लागि बाल मैत्री नगर घोषणाका आधारहरु तयार गरिने पनि जानकारी गराए।
उनले नगर भित्रका स्थायी बसोबास भएका ९० वर्ष माथिका ज्येष्ठ नागरिक हरुको सम्मान कार्यक्रम संचालन गरि नगरपालिका बाट थप भत्ता दिने व्यवस्था मिलाइने पनि बताए। त्यसै गरि बागमती नदि क्षेत्रमा आफ्नो जग्गा परि हाल सम्म मुवाब्जा नपाएकाहरुको मुवाब्जाका लागि समबन्धित निकायमा जोडदार पहल गरिने जानकारी गराए। त्यस्तै काठमाडौं जिल्ला लगायत अन्य जिल्लाका स्थानीय तहहरु संग सहकार्य गरि संयुक्त विकासका लागि संयुक्त स्थानीय दिइने निर्माणमा जोड दिने जानकारी गराए ।
फोटो : सरोज बस्नेत