कपन ह्यान्डबल खेल मैदान निर्माणका लागि बुढानिलकण्ठ नगरपालिकाको ८ करोड
कपन अनलाइन
काठमाडौं ,असार २६।
बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा रहेको कपन ह्यान्डबल खेल मैदान निर्माणका लागि बुढानिलकण्ठ नगरपालिका ८ करोड बजेट बिनियोजन गरेको छ।
नगरपालिकाको महत्वपूर्ण खेलकुद पूर्वाधारका रुपमा रहेको सो मैदान विस्तार तथा भौतिक संरचना निर्माण गरि सो क्षेत्रलाई आधुनिक खेलकुद कम्प्लेक्सका रुपमा विकास गर्नका लागि ठुलो रकम बिनियोजन गरिएको हो।
धेरै लामो समय देखि विभिन्न कारणले विस्तार हुन् नसकेको सो मैदानलाई खेलकुदको हव बनाउने योजनाका लागि नगर प्रमुख उद्दव खरेलले पटक पटक गरेको प्रतिवादत्ता पुरा गरेका हुन्।
उक्त क्षेत्रको भौगोलिक अध्ययन पश्चात संरचना निर्माणका लागि डीपीआर निर्माणको चरणमा रहेको सो मैदान क्षेत्रमा हाल रहेका संरचनाहरुको व्यवस्थापन गर्दै क्रमस खेलकुद संरचना विस्तार गर्दै लैजाने योजना रहेको नगर प्रमुख उद्दव खरेलले जानकारी दिएका छन।
सो स्थानमा अन्त रास्ट्रिय स्तरको ह्यान्ड बल मैदान ,७ ए साइड फुटवल मैदान ,बास्केट बल कोर्ट ,प्रसासनिक भवन लगायतका संरचना निर्माण गर्ने प्रारम्भिक अध्ययन गरिएको छ भने सो क्षेत्रको माटोको अवस्था कमसल रहेकोले त्यसको परिक्षण गरेर उचित सुरक्षा उपायको अवलम्बन गरिने नगरपालिकाले जानकारी दिएको छ।