सहिद छवीलाल कार्कीको १० औ स्मृति दिवस सम्पन्न

सहिद छवीलाल कार्कीको १० औ स्मृति दिवस सम्पन्न

कपन अनलाइन

काठमाडौं ,असार २४।

ओखलढुंगा जिल्लाका बामपन्थी  नेता सहिद छबीलाल कार्कीको १० स्मृति दिवस सम्पन्न भएको छ। तत्कालीन नेकपा माओवादीका कार्यकर्ता द्वारा निशंखेमा  हत्या गरिएका कार्की ओखलढुंगा जिल्लाका लोकप्रिय नेता रहेका थिए।

नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजना गरिएको स्मृति दिवसमा स्वागत मन्तव्य राख्दै कार्कीकी धर्मपत्नी पुर्व सभासद शकुन्तला राजभन्डारीले जिल्लामा तिन वटै क्षेत्रमा नेकपाका सान्सद निर्वाचित भए पनि अहिलेसम्म कार्कीको समृतीमा बनेको भवन पुरा नभएकोमा दुख व्यक्त गरेकी थिइन ।

 

छवीलाल कार्की स्मृति प्रतिस्ठानका अध्यक्ष नानीबाबु बुढाथोकीको अध्यक्षतामा भएको सभामा नेकपाका आमन्त्रित  स्थायी कमिटी सदस्य पेशल खतिवडा , ओखलढुंगा जिल्लाका प्रतिनिधि सभा सदस्य यज्ञराज सुनुवार , प्रदेश १ का भौतिक पुर्वाधार विकास राज्य मन्त्री अम्बिर बाबु गुरुङ , बामपन्थी  नेता लोक कृष्ण भट्टराई , नेकपा केन्द्रीय सदस्य किशोर अधिकारी , देव शंकर पौडेल , शंकर बहादुर कार्की , केदार राज पुडासैनी ,बाबुराम गौतम ,शान्तिराम खतिवडा , सुरेन्द्र बोगटी , कुमार घिमिरे , अमृत धमला ,उत्तम राइ ,लिला बहादुर कटवाल ,प्रभात विक्रम कटवाल  ,तिर्थ सुवेदी , अन्जना घिमिरे , इन्दिरा निरौला लगायतको उपस्थिति रहेको थियो।

सो कार्यक्रममा बोल्दै वक्ताहरुले स्वर्गीय सहिद छवी कार्कीको योगदानको चर्चा गर्दै उंले देखेको सपना पुरा गर्नुपर्ने धारणा राखेका थिए।

तपाइँको प्रतिक्रिया ।