भक्तबहादुर ढकाललाई राखेप सदस्य सचिवको जिम्मेवारी

भक्तबहादुर ढकाललाई राखेप सदस्य सचिवको जिम्मेवारी

कपन अनलाइन
काठमाडौं, असार २२ ।
युवा तथा खेलकुद मन्त्रालयले मन्त्रालयअन्तर्गतकै खेलकुद विकास महाशाखाका प्रमुख भक्तबहादुर ढकाललाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य–सचिवको जिम्मेवारी दिएको छ । असार २१ गतेको मन्त्रीस्तरीय निर्णयानुसार ढकाललाई सदस्य–सचिवको जिम्मेवारी दिइएको हो ।
राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा १७ को उपदफा (१२) बमोजिम अर्को व्यवस्था नभएसम्म तत्कालका लािग राखेपको सदस्य–सचिवले गर्ने कार्य गर्ने गरी जिम्मेवारी दिइएको युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ । सुर्खेत निवासी ५७ वर्षीय ढकाल करिब १ महिनाअघि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट सरुवा भइ खेलकुद मन्त्रालयमा आएका थिए । राखेपका विभागीय प्रमुख कुलबहादुर थापाले सदस्य–सचिव ढकाललाई बधाइ दिएका थिए  ।

तपाइँको प्रतिक्रिया ।