१४ वर्षिया बालिकाको बलात्कार आरोपमा कपनका दुई जना पक्राउ

१४ वर्षिया बालिकाको बलात्कार आरोपमा कपनका दुई जना पक्राउ

कपन अनलाइन 

काठमाडौं ,असार २२।

एक १४ वर्षीय बालिका बलात्कार गरेको आरोपमा बुढानिलकण्ठ नगरपालिका वडा नं १२ कपन क्षेत्र बाट २ जना पक्राउ परेका छन।१४ वर्षीय बालिकाले बलात्कारको आरोपमा उजुरी दिए संगै सो स्थानमा बस्दै आएका  ४० वर्षीय देशबहादुर गुरुङ र ३८ वर्षीय सन्तोष परियारलाई कपन प्रहरीले पक्राउ गरेर प्रहरी वृत बौद्ध पठाएको छ।

रात्री गस्तीमा रहेको  कपन प्रहरीको  टोलीले राति करिव १२ बजेको ति  बालिका  र उनकी दिदीलाई भेटेर उनीहरुको घर पुर्याइदिने क्रममामा सोधुपुछ गर्दा ति युवती माथि बलात्कार भएको खुलेको थियो।

उक्त युवतीलाई कोरोनाको औसधि भनेर नशाजन्य पदार्थ दिएर ति बालिका  माथि बलात्कार भएको र उनको नग्न फोटो देखाएर ब्लाकमेल पनि गरिएको  बयानका क्रममा ति युवतीले बताएको प्रहरीले जानकारी दिएको छ। उक्त बालिकालाई गुरुङ र परियारले फरक फरक समयमा बलात्कार गरेका थिए।

तपाइँको प्रतिक्रिया ।