लायन्स क्लब अफ काठमाडौं मणिचुडको पद हस्तान्तरण कार्यक्रम सपन्न  

लायन्स क्लब अफ काठमाडौं मणिचुडको पद हस्तान्तरण कार्यक्रम सपन्न   

कपन अनलाइन  

काठमाडौं असार २२।  लायन्स क्लब अफ काठमाडौं मणिचुडको  पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ।साँखुमा आयोजित एक कार्यक्रमका बीच लायन्स क्लब अफ काठमाडौँ मणिचुडका  वर्ष २० १९ /२०का  कार्य समिति पदाधिकारीहरुले नयाँ कार्यसमितिलाई पद हस्तान्तरण गरेका हुन्।  लायन्स क्लब अफ काठमाडौं  मणि चुडका वर्ष १९/२०का प्रेसिडेन्ट लायन  सुरेश मानन्धरको  अध्यक्षतामा सम्पन्न   कार्यक्रममा  लायन्स लिडर तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।

 लायन्स क्लब अफ काठमाडौं  मणि चुडका वर्ष २०१९/२०का प्रेसिडेन्ट लायन  सुरेश मानन्धरले स्वागत मन्तब्य सहित कार्यक्रमको उदेश्य माथि प्रकाश पारेका थिए ।उनले आफ्नो कार्य कालमा भएका कामहरुको समिक्षा प्रस्तुत गर्दै आगामी दिनमा पनि क्लबका गतिविधिहरुले सामाजिक क्षेत्रमा अतुलनीय सहयोग पुग्ने विश्वास गरे ।

लायन्स क्लब अफ काठमाडौं मणिचुडका वर्ष २०१९-२० का प्रेसिडेन्ट लायन सुरेश मानन्धरको  कार्यसमितिले वर्ष लायन्स क्लब अफ काठमाडौं मणिचुड  वर्ष २०२०-२१ को लागि चुनिएका  प्रेसिडेन्ट लायन रोनिल डंगोलको नयाँ कार्यसमितिलाई पद हस्तान्तरण गरेको थियो। कार्यक्रममा क्लबले बर्षभरि गरिएको  काम सहितको खर्च बिवरण सार्वजनिक गरी क्लबको  हिसाब नयाँ कार्यसमितिका कोषाध्यक्षहरुलाई लाइ हस्तान्तरण गरिएको थियो ।

लायन्स क्लब अफ काठमाडौं मणिचुडका लायन वर्ष २०२०/२१को लागि प्रेसिडेन्टमा लायन रोनिल डंगोल चयन भएका छन  भने , क्लबको प्रथम उपाध्यक्षमा लायन राजा राम सिंख्वाल, दितीय उपाध्यक्षमा लायन प्रेम बहादुर श्रेष्ठ, सचिबमा लायन राजन मानन्धर र कोषाध्यमा लायन हरिराम श्रेष्ठ चयन भएका छन।

लायन्स परम्परा अनुसार बर्ष २०।२१ को लागि यस अधि कलबले रोनिल डंगोललाइ प्रेसिडेन्टमा  निर्वाचित गरेका थिए । १ जुलाइ २०२० देखि २०२१ जुन सम्म उनको कार्यकाल रहने छ ।कार्यक्रममा  लायन्स क्लब अफ काठमाडौं मणिचुडको  वर्ष २०२० /२१ प्रेसिडेन्ट लायन  रोनिल डंगोलले पद स्वीकार गर्दै क्लबलाइ थप सेवाको कार्यमा अग्रसर बनाउने बताएका छन।

उनले आफ्नो कार्यकालमा थप सेवाका काम गर्ने जसमा  रक्तदान, ब्याग बितरण, स्वास्थ्य शिबिर, फुटसल प्रतियोगिता लगाएतलाइ प्राथमिकतामा राखेको बताउदै सबैको साथ र सहयोगको  अपेक्षा गरेका थिए । कार्यक्रममा लायन्स लिडर तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।