मेलम्चीमा प्रधानमन्त्री केपी ओलीको समर्थनमा युवाहरुको शान्तिपूर्ण प्रदर्शन

मेलम्चीमा प्रधानमन्त्री केपी ओलीको समर्थनमा युवाहरुको शान्तिपूर्ण प्रदर्शन

कपन अनलाइन 

सिन्धुपाल्चोक ,असार २०/दिपक विक्रम देउजा 

सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकामा  युवाहरुले प्रधानमन्त्री केपी ओलीको समर्थनमा शान्तिपूर्ण प्रदर्शन गरेका छन। प्रधानमन्त्री ओलीको समर्थनमा लेखिएका नारा सहितका प्लेकार्ड बोकेर युवाहरुले प्रदर्शन गरेका हुन् ।

देशका विभिन्न भागमा प्रधानमन्त्री ओलिका समर्थहरुले सडकमा आएर समर्थन गरिरहेको अवस्थामा मेलम्चीमा पनि  आज   लागि होइन भोलि लागि हाम्रो समर्थन ओलि लागि, नेपाली जनताको चाहाना स्थायी सरकारको कामना जस्ता नारा लेखिएका प्ले कार्ड बोकेर युवाहरुले सो अवसरमा र्याली समेत निकालेका थिए ।

असार १० गते बाट चलेको नेकपा स्थायी कमिटी बैठकमा नेकपा अध्यक्ष एबम् प्रधानमन्त्री केपी ओलीको राजिनामा माग भए संगै उनको समर्थनमा देशका विभिन्न स्थानमा उनको समर्थनमा प्रदर्शन हुदै आएका छन।

तपाइँको प्रतिक्रिया ।