लायन्स क्लब अफ काठमाडौं उत्तरबाहिनिको रक्तदान सम्पन्न
कपन अनलाइन
काठमाडौं असार १९। समाजसेवाको क्षेत्रमा निरन्तर क्रियाशिल लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं उत्तर बाहिनीको बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ। लायन वर्ष २०२१/२२को सुरुवात को अवसर पारेर डिस्ट्रिकको आव्हान अनुसार असार १७ गते बुधबार रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।
रक्त संचार केन्द्रको प्राबिधिक सहयोग तथा गोकर्णेश्वर नगरपालिका वडा नं ८ संगको समन्वयमा बुधबार गोकर्णेश्वर नगरपालिका वडा नं ८ को प्राङ्गणमा बिहान १० बजे देखि शुरु भई अपरान्ह २ बजे सम्म चलेको उक्त रक्तदान कार्यक्रममा ३० जना भन्दा बढीले रक्तदान गरेको जोन चियर पर्सन एबम लायन्स क्लब अफ काठमाडौं उत्तरबाहिनिका प्रेसिडेन्ट गङ्गालाल श्रेष्ठले कपन अनलाइनलाइ बताए।
डिस्ट्रिकको आव्हान अनुसार विश्वभर फैलिएको कोरोना भाइरसको महामारीको कारण देश लकडाउन हुँदा अस्पतालहरुमा उपचारार्थ विमारीहरूको लागि रगत अभावका कारण समस्या उत्पन्न नहोस भनेर रक्तदान कार्यक्रम आयोजना गरिएको स्पस्ट पार्दै उक्त रक्तदान कार्यक्रम सफलता पुर्वक सम्पन्न गर्नको लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन। उनले रक्तदान गर्ने धेरैको चहाना भए पनि स्वास्थ्य तथा अन्य समस्याका कारण रक्तदान गर्न असमर्थ भएको पनि जानकारी गराए ।
रक्तदान कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नं ८ का वडा अध्यक्ष एबम नगर प्रवक्ता मनोजकुमार ढुंगाना वडा सदस्य नन्दलाल श्रेष्ठ ,लायन महेश आचार्य, सिनियर एडभाइजर लायन श्रीचन केसी लायन राकेश चक्रधर, लगायत लायन्स लिडर तथा सदस्यहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा लायन्स लिडरहरुले रक्तदान गर्ने रक्तदाताहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो ।
फोटो : सरोज बस्नेत