युवा संजाल बुढानिलकण्ठ -१० ले सम्पदा (Heritage) यात्रा शुरु गर्यो

युवा संजाल बुढानिलकण्ठ -१० ले सम्पदा (Heritage) यात्रा शुरु गर्यो

कपन अनलाइन

काठमाडौं ,असार १८।

युवा संजाल बुढानिलकण्ठ -१० ले सम्पदा यात्रा शुरु गरेको छ। बुढानिलकण्ठ नगरपालिका वडा नं १० का विभिन्न धार्मिक तथा सांस्कृतिक सम्पदा हरुको संरक्षण गर्ने अभियान अन्तर्गत सम्पदाहरुको  सरसफाई ,रंग रोगन तथा अन्य कार्य गरिने संजालले जानकारी दिएको छ।

युवा संजाल बुढानिलकण्ठ -१० ले  भण्डारी गार्मेन्ट चोकमा रहेको श्री अष्टभुजा मन्दिरको सरसफाइ , रङ्गरोगन र स्यानिटाइज गरेर सो अभियानको शुरुवात गरेको हो।

सामाजिक दुरी कायम राख्दै वडाका साबि सम्पदाहरुको संरक्षणमा विभिन्न कार्यक्रम तथा अभियान संचालन गर्ने तयारीमा रहेको युवा संजाल बुढानिलकण्ठ -१० का अध्यक्ष आकास श्रेष्ठले जानकारी दिएका छन।

तपाइँको प्रतिक्रिया ।