बाल विकास समाज र वर्ल्ड भिजन ईन्टरनेशनल नेपालको साझेदारीमा हात धुने स्थान स्थापना

बाल विकास समाज र वर्ल्ड भिजन ईन्टरनेशनल नेपालको साझेदारीमा हात धुने स्थान स्थापना

कपन अनलाइन

काठमाडौं ,असार १७ ।

बाल विकास समाज र वर्ल्ड  भिजन ईन्टरनेशनल नेपालको साझेदारीमा संचालित BRICKK  परियोजनाले चन्द्रागिरि नगरपालिकाका ४ वटा ईँटा उद्योगहरुमा हात  धुने स्थान (satation ) स्थापना गरिएको छ ।

 चन्द्रागिरि नगरपालिकाको कार्यालयमा, श्री भीम स्कूलको क्वारेन्टाईनमा,  थानकोट अस्पतालको क्वारेन्टाईनमा,  मच्छेगाँउ स्वास्थ्य चौकी/वडा कार्यालयमा हात  धुने स्थान (satation ) स्थापना गरिएको थियो।

त्यस्तै ललितपुर महानगरपालिकाको ४ वटा ईँटा उद्योगहरुमा,  उपस्वास्थ्य चौकी र एक इट्टा  उद्योग नजिकैको समुदायमा गरी  ६ वटा स्माथानमा  पनि हात धुने स्थान (satation )  स्थापना गरिएको थियो  ।
हरेक हात धुने ठाँउमा ५०० लिटरको पानी ट्याङ्की सँगै खुट्टाले चलाउन मिल्ने पानी तथा झोल साबुनको प्रबन्ध गरिएको छ भने ति  हात धुने ठाँउहरु बालमैत्री रहेका छन् ।
ईट्टा उद्योगका श्रमिकहरु, बालबालिकाहरु, ईट्टा उद्योगीहरु, समुदाय, स्वास्थ्य चौकी तथा नगरपालिकाका कर्मचारीहरुले यी हात धुने स्थानहरुमा राखिएका  ट्याङ्कीमा को चरणबद्ध हात धुने निर्देशन अंकित स्टिकर तथा जवाफदेहीता बोर्डले एका तर्फ मानिसहरुलाई हात धुन सरल तथा प्रभावकारी निर्देशन उल्लेख गरिएको छ  ।

तपाइँको प्रतिक्रिया ।