बुढानिलकण्ठ नगरपालिका वडा नं ७ का जेष्ठ नागरिकहरुलाई सम्मान

बुढानिलकण्ठ नगरपालिका वडा नं ७ का जेष्ठ नागरिकहरुलाई सम्मान

कपन अनलाइन 

काठमाडौं ,असार १६

बुढानिलकण्ठ नगरपालिका वडा नं ७ ले जेष्ठ नागरिक सम्मान अभियान शुरु गरेको छ बुढानीलकण्ठ नगरपालिका वडा नं. ७ र   वडास्तरीय जेष्ठ नागरिक कल्याण समितिको संयुक्त आयोजनामा वडाबासी  जेष्ठ नागरिकहरुलाई सम्मान गर्ने योजना अनुरुप सम्मान कार्यक्रम शुरुवात गरिएको हो।

जेष्ठ नागरिकहरुलाई स्वस्थ, स्वतन्त्र र मनोरञ्जनपूर्ण रुपले समाजमा जीवन यापन गर्ने वातावरण मिलाउने उदेस्यले  समूह र सामाजिक दूरी कायम गर्दै  क्रमशः टोल टोलमा सानो समूह बनाई सम्मान कार्यक्रम गर्न लागिएको वडा नं ७ का अध्यक्ष बस नारायण मानन्धरले बताएका छन।

वडाको  डठु गाउँबाट  शुरु गरिएको सम्मान कार्यक्रममा  वडाअध्यक्ष बसनारायण महर्जन, वडासदस्य  राममाया महर्जन र जेष्ठ नागरिक कल्याण समितिका अध्यक्ष दङ्गधोज खोयाहाङ्गले वरिष्ठ जेष्ठ नागरिकहरुलाई दोसल्ला र मायाको चिनो  प्रदान गर्दै सम्मान गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।