चाँगुनारायण नगरपालिकामा “मेयर सँग उद्यमशीलता” कार्यक्रम संचालन हुने
कपन अनलाइन
भक्तपुर ,असार १४।
चाँगुनारायण नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगर प्रमुख सोम प्रसाद मिश्रको अध्यक्षतामा जारी सातौँ नगरसभामा उपप्रमुख बिना बास्तोलाले सोमबार नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन्।
सो नीति तथा कार्यक्रममा “मेयर सँग उद्यमशीलता” कार्यक्रम मार्फत विभिन्न कार्यक्रमहरु संचालन गर्ने योजना सो नगरपालिकाले लिएको छ।सो कार्यक्रम अन्तर्गत चाँगुनारायण नगरपालिकाले निम्न योजना संचालन गर्ने नीति लिएको छ।
नीति तथा कार्यक्रममा “मेयर सँग उद्यमशीलता” :
१.चाँगुनारायण नगरपालिकाको अग्रणी क्षेत्रको रुपमा पहिचान गरिएको पर्यटन र कृषिलाई आधार बनाई विदेशबाट फर्किएका तथा नगरमै रहेका बेरोजगार युवाहरुलाई लक्षित गरी मेयरसँग उद्यमशिलता अन्तर्गत यूवाको सम्बर्द्धन उद्यमशिलता प्रर्बद्धन कार्यक्रम सञ्चालन गरिनेछ।
२. चाँगुनारायण रोजगार सिर्जना गर्न उद्यममा प्रश्रय दिनका लागि चाँगुनारायण उद्यमशिलता कोष खडा गरिनेछ। यसबाट सम्रग नगरमा रहेका युवा तथा उद्यमी बन्न ईच्छुकलाई वित्तीय संस्था मार्फत ऋणको व्यवस्था गरिने नीति लिईनेछ। सम्पूर्ण ब्याज रकममा अनुदान दिई शुन्य प्रतिशतमा ऋण दिने व्यवस्था मिलाईनेछ।
३. सार्वजनिक, नीजि र सहकारी क्षेत्रको साझेदारीमा नगरमा रोजगारी अभिबृद्धिका लागि विशेष कार्यक्रम लागु गर्ने नीति लिईनेछ।
४. श्रमिक तथा रोजगारदातालाई जोड्नका लागि श्रम बैंकको स्थापना तथा सञ्चालन गर्ने नीति लिईनेछ। कृषि तथा पशुपालनको व्यवसायिकरण र वजारीकरणका लागि युवा जमातलाई आकर्षण गरिनेछ।
५. पर्यटन उद्योग मार्फत नगरको आम्दनी वृद्धि गर्नका सरोकारवाला सँग साझेदारी गरिनेछ।
६. नगर मै श्रम पसिना , नगरमै रोजगारी कार्यक्रम अन्तर्गत आत्मनिर्भर नगर बनाउने लक्ष्यका लागि रोजगारी सिर्जना गर्ने आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने र नगरको क्षमता बृद्धि गर्ने नीति लिईनेछ।
७.औद्योगिक क्षेत्रमा लगानी बढाउन तथा स्थानीय उद्योग धन्दालाई प्रोत्साहन गर्न आवश्यक नितिगत कानूनी तथा प्रशासनिक सुधारको प्रयासहरु थालनी गरिनेछ। उद्योग तथा व्यवसायको प्रबद्धर्नका लागि नगरले आवश्यक साझेदारी समन्वय गरिनेछ ।