लायन्स क्लब अफ काठमाडौं दर्पणले असार १७ गते बृहत रक्तदान कार्यक्रम आयोजना गर्दै

लायन्स क्लब अफ काठमाडौं दर्पणले असार १७ गते बृहत रक्तदान कार्यक्रम आयोजना गर्दै

कपन अनलाइन

काठमाडौं असार १३ ।गोकर्णेश्वर नगरपालिका वडा नं ७मा बृहत रक्तदान कार्यक्रम आयोजना हुने भएको छ।  लायन्स नयाँ वर्ष फर्स्ट जुलाईको अवसर पारेर लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं दर्पण को आयोजना तथा सम्मुनत महिला मन्च नेपाल र गोकर्णेश्वर नगरपालिका वडा नं ७ संगको सहकार्यमा  असार १७ गते बृहत रक्तदान कार्यक्रम आयोजना हुने भएको हो।

डिस्ट्रिकको आव्हान अनुसार विश्वभर फैलिएको कोरोना भाइरसको महामारीको कारण देश लकडाउन हुँदा अस्पतालहरुमा उपचारार्थ विमारीहरूको लागि रगत अभावका कारण समस्या उत्पन्न नहोस भनेर रक्तदान कार्यक्रम आयोजना गर्न लागेको डिस्ट्रिक चियर पर्सन एबम लायन्स क्लब अफ काठमाडौं दर्पणका इमिडेट पास्ट प्रेसिडेन्ट ठण्ड राज ठकुरी (राजनले) कपन अनलाइनलाइ बताए।

उनले रक्त संचार केन्द्रको प्राबिधिक सहयोग तथा गोकर्णेश्वर नगरपालिका वडा नं ७ संगको समन्वयमा असार १७ गते गोकर्णेश्वर नगरपालिका वडा नं ७ शिबचोकस्थित डुकु कम्प्लेक्स बिहान १० बजे देखि शुरु भई अपरान्ह  २ बजे सम्म चल्ने उक्त रक्तदान कार्यक्रममा सहभागी हुन समेत उनले अनुरोध गरेका छन । कोरोनाको कारण  रक्तदाताहरुले स्वास्थ्यको ख्याल गरेर होला रक्तदान नगर्नुभएको,’ दातालाई अपिल गर्दै उनी भन्छन, ‘अन्य बिरामीको स्वास्थ्य र जीवन र मरणको दोसाँधमा परेका व्यक्तिलाई सहयोग गर्नका लागि भए पनि रक्तदान कार्यक्रममा सरिक भइदिन उनले अनुरोध गरेका छन  ।’

तपाइँको प्रतिक्रिया ।