बुढानिलकण्ठको नारा :‘जनप्रतिनिधि र रास्ट्रसेवक कर्मचारी,जनताको सेवामा निस्पक्ष र सदाचारी ’
कपन अनलाइन
काठमाडौं ,असार ११।
बुढानिलकण्ठ नगरपालिकाको आव २०७७/७८ को नीति तथा कार्यक्रममा शुसासन र प्रशासन सेवाको सुधारका लागि ‘जनप्रतिनिधि र रास्ट्रसेवक कर्मचारी,जनताको सेवामा निस्पक्ष र सदाचारी ’ भन्ने नारा नै तय गरेको छ।
निर्वाचित भएको पहलो दिन बाट नै पारदर्शिता र शुसासनलाई आफ्नो पाँच आधारभूत नीति मध्येको मुख्य नीति बनाएका नगरप्रमुख उद्दव खरेलले नगरपालिकाका कर्मचारीलाई कारवाही र सजाय गर्न सक्ने नीति तथा कार्यक्रम ल्याएका छन।
बुढानिलकण्ठ नगरपालिकाका कर्मचारीहरुको कार्यशैली, कामचोर प्रवृति ,आर्थिक अनुसासन हिनता र अदृश्य असहयोग बाट दिक्क बनेका नगर प्रमुख खरेलले नीति तथा कार्यक्रमक २०७७ /७८ को खण्ड घ मा नारा नै तय गरेका छन।
सो खण्डको बुदा नं १२ मा आफ्नो पद अनुसार काम नगर्ने र गर्न नसक्ने स्थायी कर्मचारीलाई विभागीय कारवाही गर्ने नीति कडाइका साथ् लिने उल्लेख गरिएको छ भने बुदा नं ११ मा अस्थायी तथा करार सेवामा रहेका इमान्दार कर्मचारीलाई मुल्यांकनका आधारमा प्रोत्सहान र काम प्रति बफादार नरहेका लाई कारवाही गरिने उल्लेख गरिएको छ।
त्यस्तै उक्त नीति तथा कार्यक्रममा नगरपालिकाले दिने प्रोत्सहान भत्ता शुसासन समितिको सिफारिसको आधारमा मात्र दिइने उल्लेख गरिएको छ भने काम नगरे पनि सुविधा लिने प्रवृतिलाई निरुत्साहित गरिने बताइएको छ।
जनतालाई सेवा प्रवाह गर्ने जिम्मेवारीमा रहेका कर्मचारीहरुको नेतृत्व गर्ने प्रमुख प्रशासकीय अधिकृत पटक पटक परिवर्तन समस्या संग जुधिरहेको अवस्थामा नगरपालिकाले संगठन संरचना ,जवाफदेहिता अनुगमन मुल्यांकनको विधि तयार गरेर जनताको उजुरी तथा गुनासो सुनुवाई हुने व्यवस्था मिलाउने योजना नीति तथा कार्यक्रममा ल्याएको छ।
जनप्रतिनिधि केवल ५ वर्ष हामी त् ६० वर्ष भन्ने रुग्ण मानसिकता बाट प्रभावित रहेका बुढानिलकण्ठ नगरपालिकाका कर्मचारीहरुका कारण नगरपालिकाको सेवा प्रवाहमा निकै असर परेको चर्चा पटक पटक चल्दै आएको छ।
नगर प्रमुख खरेल र बुढानिलकण्ठ नगरपालिकाका सामु समाचार प्रकासन भएकै भरमा नगरपालिकाले बिज्ञप्ति नै जारि गरेर खण्डन गर्नुपर्ने अवस्था पुर्याउने सम्मको हैसियत राख्ने कर्मचारीको संगठित गिरोह भत्काउन शुसासनका १५ बुँदाले अवसर दिएको छ।
जनता र सेवाग्राहीलाई दुख दिने ,काम वापत लेनदेन ,बकस खर्च माग्ने कर्मचारी र जनप्रतिनिधि माथि सुन्य शहनशीलता अपनाइने भन्ने महत्वपूर्ण बुँदा समेटिएको नीति तथा कार्यक्रमले कार्यकालको तिन वर्षमा पहिलो पटक जनप्रतिनिधिहरुलाई पनि सचेत गराएको छ।