सयपत्री टोल सुधार समिति बुढानिलकण्ठ नगरपालिका १०मा सडक उद्घाटन
कपन अनलाइन
काठमाडौँ, असार १०। बुढानिलकण्ठ नगरपालिका वडा नं १० स्थित सयपत्री टोल सुधार समिति द्वारा निर्माण गरिएको सडक उद्घाटन भएको छ। मंगलबार बिहान उक्त सडकको बुढानिलकण्ठ नगरपालिका वडा नं १० का वडा अध्यक्ष नवराज भट्टराईले रिवन काटी उद्घाटन गरेका हुन्।साँघुरो सडकलाइ टोलसुधार समिति मार्फत विस्तार गरि केहि फराकिलो बनाई उक्त सडकमा ढुंगा छापिएको छ। करिब ८ लाख रुपैयाको लागतमा निर्माण भएको सो सडक उद्घाटन कार्यक्रमको अध्यक्षता सयपत्री टोल सुधार समितिका अध्यक्ष मेघनाथ भुर्तेलले गरेका थिए भने कार्यक्रममा प्रमुख अतिथिको रुपमा बुढानिलकण्ठ नगरपालिकाका प्रवक्ता एबम वडा नं १० का वडा अध्यक्ष नवराज भट्टराई रहेका थिए भने बिशेष अतिथिको रुपमा जोसेफ हाइ स्कुलका संस्थापक सुर्य बहादुर अधिकारी, शिक्षा सहयोग संस्था नेपालकी मुना बस्नेत समाजसेवी मोहन खड्का लगायत टोल सुधार समितिका पदाधिकारी सहित स्थानीयको उपस्थिति रहेको थियो ।
राष्ट्रिय गान संगै सुरु भएको कार्यक्रममा प्रमुख अतिथि बुढानिलकण्ठ नगरपालिकाक प्रवक्ता एबम वडा नं १० का वडा अध्यक्ष नवराज भट्टराईले पानसमा दिप प्रज्वलन सहित कार्यक्रमको उद्घाटन गरेका थिए।कार्यक्रममा सयपत्री टोल सुधार समितिका सचिब शंकर सापकोटाले स्वागत मन्तब्य राखेको कार्यक्रममा स्थानीय समाजसेवी तथा गोकर्णेश्वर नगरपालिकाको नगर स्तरीय धार्मिक समितिका का संयोजक एबम त्रिनेत्र आध्यात्मिक चिन्तन केन्द्रका दिवाकर भण्डारीले शुभकामना मन्तब्य राख्दै टोल सुधार समिति द्वारा धेरै पटक गरिएको प्रयास पश्चात उक्त बाटो सम्पन्न गर्न सकेको बताए ।उनले उक्त बाटो विस्तार गर्नको लागि प्रत्यक्ष एबम अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैलाई धन्यवाद दिदै दृढ इच्छा शक्ति भयो भने कुनै पनि काम असम्भव नभएको बताए ।
उनले आफु उक्त ठाउमा बसेको २२ वर्ष भएको स्मरण गर्दै सो बाटो त्यति बेला गोरेटोको रुपमा रहेको र हिड्दा समेत अफ्ट्यारो हुने उक्त सडक आज सबैको सहयोगको कारण मुहार फेरिएको बताए ।उनले उक्त सडकको कार्यविधि पनि बनाउन लागेको जानकारी गराए। उनले सो सडक उपयोग गर्ने सम्बन्धमा निर्देशिका कार्यविधि बनाउन लागेको र त्यसलाई सबै टोलबासीले पालना गरेर वडा अध्यक्ष लगायत टिमको हराभरा सुन्दर शान्त कपन बनाउने जुन सपना छ। त्यसलाई पुरा गर्नको लागि पनि सबै जनाले साथ दिने बिश्वास ब्यक्त गरेका थिए ।उनले उक्त बाटो निर्माणको लागि एक वर्ष सम्म सबै आफ्नो घरायसी काम काज छोडेर लागेका सबैलाई धन्यवाद दिएका थिए ।त्यस्तै कार्यक्रममा जोसेफ हाइ स्कुलका संस्थापक सुर्य बहादुर अधिकारी , शिक्षा सहयोग संस्था नेपालकी मुना बस्नेत लगायतले शुभकामना मन्तब्य राखेका थिए।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै बुढानिलकण्ठ नगरपालिकाका प्रवक्ता एबम वडा नं १० का वडा अध्यक्ष नवराज भट्टराईले आयोजकलाइ धन्यवाद दिदै आज सबैको हर्ष र खुसिको दिन भएको बताए। उनले निकै लामो समय पश्चात निकै रस्साकस्सिका बाबुजुत सो टोलमा रहेको सानो बाटो त्यसलाई फराकिलो बनाएको र हिजोको फोहोर अवस्था थियो त्यसलाइ सफा बनाएको भन्दै त्यो सबै टोल बासीको निरन्तर प्रयास र सक्रियताले गर्दा नै सम्भब भएको भन्दै सबैजना बधाईको पात्र भएको बताए ।
उनले आफुले आफ्नो ठाउ बाट केहि सहजीकरण मात्र गरेको भन्दै विकासका लागि नागरिक आफैले प्रयास गरेमा सबै कुरा सम्भब छ, उनले भने यसरीनै सबै टोलबासीहरु आफ्ना लागी आम जन मानसका लागि लाग्ने हो भने सबै कुरा सम्भब छ भन्ने उदाहरण सयपत्री टोलले दिएको बताए । उनले त्यसको लागि आफ्नो देवात्वकरण भन्दा पनि सयपत्री टोलमा बस्ने सबै आमाबुवा दाजुभाइ तथा दिदीबहिनीहरुलाई श्रेय जाने बताए। उनले सयपत्री टोलले प्रयास नथालेको भए यो कुरा सम्भब नहुने बताए ।
नेबिगत एक वर्ष देखि मेघनाथ भुर्तेल र शंकर सापकोटाले निरन्तर वडामा आउने निरन्तर सम्पर्कमा रहेर आफ्नो पाइलालाइ नधरमराइ लगाइरहेको हुँदा यो सम्भब भएको बताए। उनले यो बिचमा समन्वय गर्नुपर्ने सबै ठाउमा समन्वय गरेको पनि स्मरण गरेका थिए । उनले यो बीचमा आफ्नो घर नै काटेर बाटो बढाउन को लागि गरेको प्रयासको उच्च प्रसंशा गरेका थिए। उनले उक्त सडकमा बत्ती पनि राखिएको र त्यसले समेत टोललाई बेग्लै सुन्दरता बढाएको बताए। उनले सो बाटो बाट १६ घर लाभान्वित रहेको बताउदै तीन फुटे बस्ति कपन बुढानिलकण्ठ वडा नं१० मा धेरै तीन फुटे बाटोमा बस्ति रहेको र आफु केहि दिन अघि एउटा बस्तीमा पुग्दा त्यहाका मानिसले मात्र नभई धेरैले सय पत्री टोलको बाटो देखेर त्यसको अनुकरण गर्नको लागि प्रयास रत रहेको जानकारी गराए ।
सयपत्री टोलमा बस्ने सबै जना सबैको लागि अनुकरणीय भएको बताए। उनले नजिकै अन्य धेरै तीन फुटे बाटो साँघुरा गल्लीहरुलाइ पनि कसरी विस्तार गर्न सकिन्छ कसैलाई केहि अफ्ट्यारो परिहाल्यो भने जहाँ ट्याक्सी लगायत यातायातका साधनहरु निर्वाध रुपमा गुडाउन सकियोस कुनै ब्यक्ति बिरामी परेर अस्पताल सम्म लान एम्बुलेन्स सम्म छिर्न सक्ने बनाउनको लागि प्रयासरत रहेको बताए। सो कारण पनि सयपत्री टोलले वडा नं १० मा अनुकरणीय कार्य गरेको बताए ।उनले यो वर्ष कोभिड १९को महामारी रहेको र नेपालमा पनि संक्रमितको संख्या दश हजार भन्दा माथि पुगेको बताउदै लामो समय सम्म हामीले साबधानीका उपाय अपनाउने र रोकथामका बिधिहरु अपनाउने कुरामा सजक हुन आवश्यक रहेको बताए।
उनले आर्थिक अवस्था समेत कोभिडको कारण बिग्रिएको धेरै ब्यक्तिहरु यतिखेर रोजगार गुमेको र दैनिकी कष्टकर भएको हुँदा यो वर्ष २०२० लाइ हेर्ने हो भने यो वर्ष यस्तै नै रहने अवस्था रहेको लामो समय सम्म बिद्यालयहरु नखुल्न सक्ने यातायातका साधनहरु नचल्ने हुँदा आर्थिक गतिबिधिललाई बेग्लै ढंगले संचालन गर्नु पर्ने अवस्था आएको बताए। उनले अबको बजेटहरु धेरै बैदेशिक रोजगारमा गएकाहरुको रोजगारी गुमेको र कोभिडकै कारणले देश फर्कनेको संख्या बृद्दी भएको हुँदा नेपाल सरकारले उहाहरुलाई स्वरोजगार बनाउनको लागि आत्मनिर्भर बनाउनको बिभिन्न कार्यक्रम ल्याएको र यो वर्षको नीति तथा कार्यक्रम नगर सभा मार्फत सार्वजनिक गरिने हुँदा बुढानिलकण्ठ नगरपालिकाले आर्थिक विकास र कृषिमा बिशेष प्राथमिकता दिने भनिएको छ। उनले यो बुढानिलकण्ठ नगरपालिका मात्र नभई देश भर नै त्यो नीतिलाइ अख्तियारी दिएको हुँदा सबै स्थानीय तह केन्द्र र प्रदेश पनि त्यहि दिशामाउन्मुख भएको बताए ।
उनले सडक संगै काठमाडौंमा फोहोरको ठुलो समस्या रहेको बताए। उनले बुढानिलकण्ठ नगरपालिकामा पनि घरको फोहोर घरमै व्यवस्थापन गर्नु पर्ने बताए। उनले घरको फोहोर बाट घरमै कम्पोस्ट मल बनाएर कौशी खेति मात्र गर्न सकियो भने पनि धेरै फोहोर व्यवस्थापन हुने हुँदा त्यता तर्फ लाग्नु पर्ने बताए। उनले त्यस्ता कार्यक्रमको लागि वडाले सहयोग गर्ने पनि बताए ।उनले दैनिक उपयोग गर्ने सामग्रीहरु उत्पादन गर्नको लागि साना लघु उद्यमहरु संचालन गर्नु पर्ने आवश्यकता भएकोले त्यता तर्फ पनि वडाले ध्यान दिईरहेको भन्दै कस्ता उद्यम संचालन गर्न सकिन्छ सुझाब दिन पनि वडाबासीलाई अनुरोध गरेका थिए।
अध्यक्षताको आसन बाट बोल्दै सयपत्री टोल सुधार समितिका अध्यक्ष मेघनाथ भुर्तेलले उपस्थित सबैलाई धन्यबाद दिदै टोल एक जुट भएमा बिकासका धेरै काम गर्न सकिने बताए ।उनले सो बाटो निर्माणको क्रममा सहयोग गर्ने सबैलाई धन्यवाद दिदै आगामी दिनमा पनि त्यस्तै सहयोगको अपेक्षा गरेका थिए ।